April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

आर्थिक पुनरुत्थान गर्न ल्याइएका कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न अर्थमन्त्रीको निर्देशन

आर्थिक पुनरुत्थान गर्न ल्याइएका कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक पुनरुत्थान गर्न ल्याइएका कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गर्न निर्देशन दिएका छन् । आर्थिक वर्ष २०७७÷७८ को चौमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले सहुलियतपूर्ण कर्जा लगायतका कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिएका हुन् ।


कोभिड –१९ का कारण उत्पन्न अवस्थालाई मध्यनजर गर्दे कार्य सम्पादन गरी क्षमता प्रदर्शन गर्न भनेका छन् । उनले आयोजना तथा कार्यक्रमहरु कार्यान्वयन गर्दा समयसीमा निर्धारण गर्न निर्देशन दिए । अर्थमन्त्रालय लगायत विभिन्न मन्त्रालयहरुको पूँजीगत गर्न बढाउनका लागि थप पहल गर्न निर्देशन दिँदै अर्थमन्त्री पौडेलले अन्र्तमन्त्रालय समन्वयमा पनि जोड दिए ।


उनले पुराना आयोजना अलपत्र भएको अवस्थामा पनि नयाँ कार्यक्रम तथा आयोजना छनौट गर्ने प्रवृत्तिमा क्रमशः सुधार गर्दै पुराना आयोजना तोकिएको समयमा सम्पन्न गर्नका लागि सहजीकरणका लागि निर्देशन दिए ।

Advertisement