September 17, 2021, Friday
१ आश्विन २०७८, शुक्रबार

पूर्व राज्यमन्त्री दुगड प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त

पूर्व राज्यमन्त्री दुगड प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त

काठमाडौँ– पूर्व उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगड प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त भएका छन् । पुस २९ मा बसेको मन्त्रिपरिषद्‍को बैठकले उनलाई नियुक्त गरेको हो ।

सरकारको मन्त्रीसरहको मर्यादा कायम गर्ने गरी प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार (अवैतनिक) पदमा नियुक्त गरिएको मुख्यसचिव शंकरदास वैरागीले जनाएका छन् ।

Advertisement

गत संसदीय चुनावबाट एमालेले उनलाई समानुपातिक सांसद बनाएको थियो । त्यसपछि भने २०७५ मङ्सिरमा उनले उद्योग मन्त्रालयमा राज्यमन्त्रीका रूपमा प्रवेश पाएका थिए । उद्योग राज्यमन्त्री हुँदा गरेको कामको मुल्यांकन गर्दै उनलाई सल्लाहकारमा नियुक्त गरिएको हो ।