September 28, 2021, Tuesday
१२ आश्विन २०७८, मंगलवार

सौर्य ऊर्जा परियोजना स्थापनाका लागि १८ करोड ९५ लाख अमेरिकी डलर लागतको सम्झौता

सौर्य ऊर्जा परियोजना स्थापनाका लागि १८ करोड ९५ लाख अमेरिकी डलर लागतको सम्झौता

बाँके र कविलवस्तुमा २५० मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजना स्थापनाका लागि लगानी बोर्ड र सिंगापुरको राइजेन इनर्जी जेभीबीच सम्झौता भएको छ । समझदारी पत्रमा बोर्डका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र कम्पनीको तर्फबाट कम्पनीका दक्षिण एशियाका लागि विकास प्रबन्धक वाङ क्युआयाङ्ले हस्ताक्षर गरेका छन् ।

Advertisement


नेपालमा ४० मेगावाट क्षमताको ब्याट्री स्टोरेज प्लान्ट सहितको २ सय ५० मेगावाट क्षमताको ग्रीडमा जोडिने सौर्य ऊर्जा परियोजना स्थापनाको लागि विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन (डीएफएसआर) तयार गर्न लगानी बोर्ड र सो कम्पनीबीच सम्झौता भएको हो ।

Advertisement


२०७७ असार ५ मा बसेको लगानी बोर्डको ४४ औं बैठकले सो कम्पनीलाई डीएफएसआर तयार गर्न अनुमति दिने र यसका लागि सर्वेक्षण अनुमति प्रदान गर्ने निर्णय गरेको थियो । सोही अनुसार कम्पनीले सर्वेक्षण अनुमति पाएको १२ महिनाभित्र डीएफएसआर तयार गरी लगानी बोर्डको कार्यालयमा बुझाउनुपर्नेछ ।


झण्डै १८ करोड ९५ लाख अमेरिकी डलर लागत रहेको अनुमान गरिएको उक्त अयोजना बाँकेको कोहलपुर र कपिलवस्तुको बाणगंगामा स्थापना गरिने भएको हो । आयोजनाहरु क्रमशः १२५ मेगावाटका दरले जम्मा २ सय ५० मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजना र २० मेगावाटका दरले ४० मेगावाट क्षमताको ब्याट्री स्टोरेज प्लान्ट स्थापनाका लागि अध्ययन गर्न सम्झौता भएको हो ।