January 17, 2022, Monday
३ माघ २०७८, सोमबार

मुद्रास्फीति ३.१० प्रतिशत, घिउ तेलमा उच्च मूल्यवृद्धि

मुद्रास्फीति ३.१० प्रतिशत, घिउ तेलमा उच्च मूल्यवृद्धि

काठमाडौँ ÷ चालू आर्थिक वर्षको चैतसम्ममा मूल्यवृद्धि ३.१० प्रतिशतमा सीमित रहेको नेपाल राष्ट्र ब्यांकले जनाएको छ । गत आर्थिक वर्षको यही अवधिमा भने मूल्यवृद्धि ६.७४ प्रतिशत थियो ।

Advertisement


चैतसम्ममा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ३.४९ प्रतिशत रहेको राष्ट्र ब्यांकले जनाएको छ । यसमध्ये घ्यू तथा तेलको मूल्य अघिल्लो वर्षको तुलनामा सबैभन्दा धेरै २१.३८ प्रतिशतले बढेको छ । माछामासुको मूल्य १२.६१ प्रतिशतले बढेको छ । दाल र गेडागुडीको मूल्य ८.८४ प्रतिशतले बढेको छ ।

Advertisement


२०७६ चैतको तुलनामा २०७७ चैतमा घिउ तथा तेल, मासु तथा माछा, सुर्तीजन्य पदार्थ र गैरमदिराजन्य पेय पदार्थ उपसमूहको मूल्यवृद्धि क्रमशः २१.३८ प्रतिशत, १२.६१ प्रतिशत, १०.४१ प्रतिशत र १०.१८ प्रतिशत रहेको छ ।

राष्ट्र ब्यांकका अनुसार, चैतसम्ममा तरकारीको मूल्य अघिल्लो वर्षको तुलनामा ११.६७ प्रतिशतले घटेको छ । त्यस्तै, मसलाको मूल्य ८.४६ प्रतिशत र फलफूलको मूल्य १.९७ प्रतिशतले घटेको छ ।

गैरखाद्य समूहमा सबैभन्दा धेरै यातायातको मूल्य ८.७७ प्रतिशतले बढेको छ । लत्ताकपडा र जुत्ताको मूल्य अघिल्लो वर्षको तुलनामा २.८२ प्रतिशतले बढेको छ ।