January 21, 2022, Friday
७ माघ २०७८, शुक्रबार

गोर्खा अस्पतालमा ५० बेड कोभिड आइसोलेसन स्थापना गर्ने उद्योग वाणिज्य महासंघले सहयोग गर्ने

गोर्खा अस्पतालमा ५० बेड कोभिड आइसोलेसन स्थापना गर्ने उद्योग वाणिज्य महासंघले सहयोग गर्ने


काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघले क्षेत्रपाटीस्थित गोर्खा अस्पतालमा कोभिड आइसोलेसन एवं प्राथमिक उपचार केन्द्र स्थापनासहयोग गर्ने भएको छ । अस्पताल बनाउका लागि महासंघ र काठमाडौं महानगरपालिका वडा नम्बर १७ बीच सहमति भएको छ । सहमति पत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र वडा नम्बर १७ का वडाध्यक्ष नविन मानन्धरले हस्ताक्षर गरेका छन् ।


आइसोलेसन केन्द्र आइतबार सञ्चालनमा आउने छ । सेन्टरमा प्रारम्भमा जम्मा ५० बेड रहने छन् । आवश्यकताका आधारमा विस्तार गर्दै पछि १ सय बेडसम्म पु¥याइने भएको छ । महासंघले कोभिड आइसोलेसन एवं प्राथमिक उपचार केन्द्रको सञ्चालन तथा व्यवस्थापनको लागि आवश्यक पर्ने आर्थिक स्रोत रकम जुटाउने छ । केन्द्रको लागि हुने खर्च एवं खर्च रकमलाई पारदर्शी, मितव्ययी र प्रभावकारी ढंगबाट व्यवस्थापन गर्नका लागि महासंघको स्वास्थ्य समितिका सभापति हेमराज ढकालको सभापतित्वमा खरिद एवं खर्च व्यवस्थापन समिति गठन गरिएको छ ।
उक्त केन्द्रमा कोभिड भई घर वा कोठामा नै आइसोलेसनमा बसी हेरचाह, रेखदेख गर्न सम्भव नरहेका कोभिड बिरामीहरूलाई खाना, औषधि, बासस्थानको व्यवस्था गरी स्वास्थ्यकर्मीहरूको निगरानीमा राखी आइसोलेसन सेवा प्रदान गरिने छ ।

आपसी सहमति अनुसार महानगरपालिका वडा कार्यालयले चिकित्सक, नर्स एवं स्वयंसेवकको नियुक्ति एवं परिचालन गर्ने, आइसोलेसनमा रहेका बिरामीहरूको रेखदेख, स्याहार–सुसार र स्वस्थकर एवं पौष्टिक खानाको उपयुक्त व्यवस्थापन गर्ने, आइसोलेसनमारहेका आपतकालीन वा आकस्मिक उपचारको स्थितिमा रहेका बिरामीहरूलाई चिकित्सकको सिफारिसमा सम्बन्धित अस्पतालमा पठाई उपचारको व्यवस्था मिलाउने भनिएको छ । उक्त समितिमा भक्तबहादुर हमाल, रविन श्रेष्ठ, बाबुकाजी कार्की र एक जना चिकित्सक सदस्य रहेका छन् ।

Advertisement