April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

‘अध्यादेशमार्फत बजेट आउँछ’- प्रधानमन्त्री ओली

‘अध्यादेशमार्फत बजेट आउँछ’- प्रधानमन्त्री ओली

जेठ ९, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ मा अध्यादेशमार्फत बजेट ल्याइने बताएका छन् । आइतबार बालुवाटारमा पत्रकारहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले भने, १५ गते बजेट स्वभाविक रुपमा अध्यादेशबाट आउने हो ।’

Advertisement

उनले अघि भने, बजेट सस्तो लोकप्रियता अथवा चुनाव सकिएपछि परिणाम आइसकेपछि यो सरकार बन्नुभन्दा अगाडि दूरगामी महत्वका जस्ता काम भएका थिए, त्यस प्रकारले देशको भविष्यप्रति गैरजिम्मेवार भएर आउँदैन ।’

Advertisement

आफूले यसअघि नै घोषणा गरेका नीतिहरु कार्यान्वयन गर्ने र विकासलाई प्राथमिकता दिइने उनले बताए । तर यो वर्षको बजेट कोभिडमा केन्द्रित हुने भन्दै प्रधानमन्त्री ओलीले भने, ‘यस वर्ष विकासका साह्रै ठूला आकांक्षा राख्दैनौं ।’

ओलीले नेपालमा कोरोना संक्रमणविरुद्धको खोपका लागि पाँचवटा देशसँग कुरा गरिरहेको बताएका छन् । ओलीले खोपका लागि भारत, चीन, बेलायत, रुस र अमेरिकासँग छलफल गरिरहेको बताएका हुन् ।

उनले भने, ‘अब हाम्रो ध्यान रोग सर्न नपाओस्, सर्यो भने त्यसको उपचार गर्ने हो । तर नसरोस् भन्नका लागि खोप ल्याउन भारत, चीन, बेलायत, रुस र अमेरिकासँग कुरा गरिरहेका छौँ । खोप ल्याउने क्रम जारी छ । हामी ल्याउँछौँ ।’ यस्ते ओलीले नेपालमा अक्सिजन सिलिन्डर, अक्सिजन र भेन्टिलेटरको अभाव हटेको बताएका छन् । महामारी भएकाले एकै पटक व्यवस्था गर्न गाह्रो भएको तर अब त्यो समस्या नरहेको ओलीले बताए ।

बाहिर भनिएजस्तो अभाव नभएको प्रधानमन्त्री ओलीले दावी गरे । ‘अब सिलिन्डरको समस्या हटेको छ । अक्सिजनको पनि लगभग समस्या हटेको छ । भेन्टिलेटरको कुनै अभाव छैन’ ओलीले भने । महामारी नियन्त्रण हुँदै गएको र केही दिनमा नै त्यसलाई ओरालोमा लाने विश्वास आफूहरुको रहेको उनले बताए । अहिले पनि अरु स्वास्थ्य सामग्रीहरु औषधि, सिलिन्डरलगायतका सामग्रीहरु ल्याउने तयारी गरिरहेको उनको भनाइ छ । त्यसका लागि संयुक्त राष्ट्रसंघ, विश्व बैंकलगायत विकास साझेदारसँग कुरा गरिरहेको उनले बताए ।