August 4, 2021, Wednesday
२० श्रावण २०७८, बुधबार

सरकारले पूर्ण बजेट ल्याउन पाउँदैन –आयोगका पूर्वउपाध्यक्षहरु

सरकारले पूर्ण बजेट ल्याउन पाउँदैन –आयोगका पूर्वउपाध्यक्षहरु


काठमाडौँ ÷ राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षहरूले पूर्ण बजेत नल्याउन सरकारलाई आग्रह गरेका छन् ।
पूर्व उपाध्यक्षहरू डा. जगदीशचन्द्र पोखरेल, डा. पीताम्बर शर्मा, पृथ्वीराज लिगल, डा. गोविन्दराज पोखरेल डा. शंकर शर्मा, डा. दिनेशचन्द्र देवकोटा, दीपेन्द्रबहादुर क्षत्री, डा. मीनबहादुर श्रेष्ठ र डा. स्वर्णीम वाग्लेले संयुक्त वक्तव्य जारी गरी जबर्दस्ती पूर्ण बजेट नल्याउन आग्रह गरिएको हुन् ।
संविधान अनुसार जेठ १५ मै बजेट पेश गर्नुपर्ने बाध्यकारी व्यवस्था रहेपनि प्रतिनिधि सभा विघटनले मुलुकमा संवैधानिक संकट र अन्योल उत्पन्न भएको उनीहरुले बताए । जेठ १५ भित्रै बजेट पास ल्याउनु पर्ने प्रावधान भए पनि गहिरो राजनीतिक विचलनका कारण ठोस स्थिति नबन्दा सम्म सरकारलाई त्यस्तो बजेट ल्याउने हैसियत नभएको उनीहरुको तर्क छ ।

एक प्रेस विज्ञप्ति जारी गरी आम सरोकारवालाको विषयलाई वेवास्था गर्दै जबरजस्ती पूर्ण बजेत ल्याउने, त्यसमा निर्वाचनलाई प्रभावित पार्ने गरी वितरण मुखी बजेट बनाउने, अध्यधिक सार्वजनिक ऋिण लिने, राजश्वका दर परिवर्तन गर्ने जस्ता कृयाकलाप राजनैतिक नैतिकताको गम्भिर उल्ंघन हुने बताएका छन् ।

१-बजेटबारे-राष्ट्रिय-योजना-आयोगका-पूर्व-उपाध्यक्षहरुको-अपिल