August 4, 2021, Wednesday
२० श्रावण २०७८, बुधबार

बाग्मतीको नीति तथा कार्यक्रम प्रदेश सभामा पेश हुँदै

बाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले बाग्मती प्रदेश सभाको जेठ २७ गते बिहीवार अपराह्न ३ बजे बस्ने आठौं अधिवेशनमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा मंगलवार बसेको बैठकले सरकारको नीति कार्यक्रमलाई सार्वजनिकीकरण गर्न प्रदेश प्रमुखलाई सिफारिस भएबमोजिम कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए ।

प्रदेश सभाको जेठ १६ र १७ गतेको बैठकमा सरकारको बजेटको सैद्धान्तिक पक्ष र प्राथमिकताका विषयमा छलफल भएको थियो ।