April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

एमाले एक भएपछि प्रदेश एकको नीति तथा कार्यक्रम बहुमतले पारित

एमाले एक भएपछि प्रदेश एकको नीति तथा कार्यक्रम बहुमतले पारित

प्रदेश १ को आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम एमाले एकढिक्का भएपछि आइतबारको प्रदेशसभाको बैठकबाट बहुमतले पारित भएको हो । उपसभामुख सरस्वती पोखरेलले प्रदेश–१ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरिन् । यो सँगै प्रदेश १ को सरकारलाई बजेट ल्याउने बाटो खुला भएको छ ।

नीति तथा कार्यक्रममा नेपाली कांग्रेसको तर्फबाट सांसद शेखरचन्द्र थापा, माओवादी केन्द्रका तर्फबाट सांसद मोहनकुमार खड्का र जनता समाजवादी दलका तर्फबाट संसदीय दलका नेता जयराम यादवले संशोधनको प्रस्ताव पेस गरेका थिए । मुख्यमन्त्री शेरधन राईले संशोधनका लागि राखेको प्रस्तावमा उल्लेख भएका विषय नीति तथा कार्यक्रममा समावेश गर्ने आश्वासनपछि जनता समाजवादी पार्टीका संसदीय दलका नेता जयराम यादवले प्रस्ताव फिर्ता लिएका थिए ।

Advertisement