April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

बाढीपहिरोले जलविद्युत क्षेत्रमा १० अर्ब माथिको क्षति, २९ आयोजनामा प्रत्यक्ष प्रभावित

बाढीपहिरोले जलविद्युत क्षेत्रमा १० अर्ब माथिको क्षति, २९ आयोजनामा प्रत्यक्ष प्रभावित

 

Advertisement

अविरल वर्षासँगैको बाढीपहिरोबाट जलविद्युत् आयोजना र सडक भत्किँदा करिब १० अर्ब रूपैयाँको भौतिक क्षति भएको अनुमान गरिएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अनुसार बाढीपहिरोबाट निर्माणाधीन २९ वटा आयोजनामा क्षति पुगेको छ । इप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्यले वादीपहिरोका कारण २९ आयोजनामा भैतिकक्षति हुँदा १० अर्व माथिको क्षति बोहोर्नुपरेको बताए ।

Advertisement

विभिन्न नदी, जलाधार तथा करिडोरमा रहेका पावर हाउस तथा हेडवक्र्समा प्रभाव पर्दा उक्त क्षति भएको हो । अध्यक्ष आचार्यले बाढीपहिरोबाट निर्माणाधीन जलविद्युत् आयोजनाका निर्माण सामग्री, उपकरण, जलविद्युत् आयोजनाको ड्याम, सुरुङलगायतका संरचनामा क्षति पुगेको बताए । ‘भौतिक क्षति निकै भएको छ । यसको यकिन नभएपनि झण्डै १० अर्व माथिको क्षति अनुमान हामीले गरेको छौं ।,’ उनले भने ।

बाढी पहिरोको कारण दोर्दी कोरिडोर, मस्र्याङ्दी कोरिडोर र मादी कोरिडोरमा निर्माणाधीन तथा निर्माण सकिएका धेरैजसो जलविद्युत् आयोजना विशेष रुपमा प्रभावित भएका छन् । कास्कीको मादीमा निर्माणाधीन ४४ मेगावाटको सुपरमादी जलविद्युत् आयोजनाको मात्रै एक अर्बभन्दा धेरैको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । त्यस्तै माथिल्लो तामाकोशी लगायतका केही आयोजना उच्च जोखिममा रहेका छन् ।

क्षति बढदै जाँदा क्षतिग्रस्त जलविद्युत् आयोजना तथा प्रसारण लाइनका लागि तत्कालीन र दीर्घकालीन प्रकृतिका सहायता उपलब्ध गराउन इप्पानले सरकारसमक्ष माग गरेको छ ।  निर्माणाधीन तथा सम्पन्न भइसकेका धेरै आयोजनामा यस्तो क्षति भएको उल्लेख गर्दै तत्काल राहत तथा सहयोगमा जुट्न आग्रह गरको इप्पानले हो । इप्पानले क्षतिग्रस्त पहुँच मार्गको तत्काल पुनर्निर्माण, क्षति पुगेका प्रसारण लाइनहरू तत्काल सुचारु गरिनुपर्ने औँल्याएको छ ।

त्यस्तै सबस्टेसनहरूको सुरक्षा प्रबन्धका लागि तत्काल उचित कदम चाल्न पनि सरकारलाई अनुरोध गरेको छ ।समस्या समाधानका लागि गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, अर्थ मन्त्रालय तथा अन्य सरोकारवाला निकायको उच्चस्तरीय संयन्त्र बनाउन पनि उसले सुझाब दिएको छ ।

प्रभावित आयोजनाहरूको दीर्घकालीन सहायताका लागि छिटो बीमाको भुक्तानीमा सहजीकरण गर्नुपर्ने, निर्माण सम्पन्न हुने चरणमा रहेका कतिपय आयोजनामा बाढीले क्षति पु¥याएकाले अब कम्तीमा एक वर्ष ढिला हुन जाने देखिएकाले आयोजनाहरूले लिएको ऋण रकममा नेपाल राष्ट्र बैङ्कले एक वर्षका लागि पुनर्कर्जा सुविधा पनि दिन इप्पानले माग गरेको छ ।

बाढीपहिरोले विभिन्न ठाउँमा सडकमा समेत क्षति पु¥याएको छ । दुई दर्जनभन्दा बढी ठाउँको सडकमा क्षति पुगेको छ भने एक दर्जनभन्दा धेरै पुल भत्किएका छन् । यसबाट यातायात अवरुद्ध हुन पुगेको छ । इप्यानले उक्त आयोजनामा पुग्ने सडक खण्डमा मर्मतमा समेत ध्यान दिन माग गरेको हो ।