April 21, 2025, Monday
[nepali_today_date]

कस्ता मान्छेले गर्छन बलात्कार

कस्ता मान्छेले गर्छन बलात्कार

यतिखेर मुलुक बलात्कार र राजिनामा शब्दकै पछि कुदेको छ । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरामाथि एक महिला कर्मचारीले बलात्कारको आरोप लगाएपछि अब के होला भन्ने प्रश्न पेचिलो बन्दै गएको छ । तीनकुनेस्थित आफ्नो कोठामा आएर मदिराले लठ्ठ हुँदै महराले आफूलाई बलजफ्ती गरेको आरोप ती महिलाको छ । यसै विषयमा महराले सभामुखबाट समेत राजिनामा दिइसक्नु भएको छ । गहिरो र निष्पक्ष अनुसन्धान भएपछि, दूधको दूध पानीको पानी थाहा हुन्छ । दोषी को हो र त्यसलाई कुन कानुन आकर्षित हुन्छ भन्ने पनि यो घटनामा आकर्षित हुन्छ । ढिलो नगरी यो गम्भीर परिघटनालाई अनुसन्धानको दायरामा लैजाऔं र न्याय नमरोस् यो आम पाठकको चहाना हो । देशमा बलात्कारको परिदृश्य बाहिर आएको समय कस्ता मान्छेल बलात्कार गर्छन त्यो समेत चासोको बिषय भएको छ । बलत्कारमा मानसिक, स्वास्थ्य, यौन गडबडीलगायतले भूमिका खेलिरहेको हुन्छ । मानसिक समस्याले मानिसमा यौनको लत जागृत गराउँछ । उनीहरुमा उत्कट यौन चाहना हुन्छ । त्यस्ता मानिसहरु कहिल्यै पनि सन्तुष्ट हुदैनन् । उनीहरुको दिमागले जहिल्यै यौनको विषयमात्र सोचिरहेको हुन्छ । यस्ता खालका मानिसले बलत्कार पनि गर्न सक्छन् । ठूलालाई नसकेपछि बच्चाहरुलाई पनि बलत्कार गरेर यौन प्यास मेटाउन सक्छन् । यस्तो चाहना या लत केटा÷केटी दुवैमा हुन्छ । बलत्कारीले यौन कुण्ढा मेटाउनको लागि धेरै विकल्प अपनाउँछन् । कतिपय मनिसले अरुलाई दुख दिएर, पिटेर जवरजस्ती गरेर यौन प्यास मेटाउने गर्छन् । यो अर्को मानसिक समस्या हो । यस्तो समस्या भएका मानिसले प्राय जवरजस्ती यौन सम्बन्ध राख्न खोज्छन् । यस्ता मानिसले बलत्कार गर्ने अत्याधिक सम्भावना हुन्छ । कतिपय मानिसहरुले यौन सम्पर्क गर्दैनन, तर हेरेर आनन्द लिने गर्छन् । यस्ता मानिसले पनि यौन दूर्वयवहार गर्छन् । यौन सम्पर्कको लागि अप्राकृतिक सम्बन्धको साहारा लिने मानिसहरु पनि हुन्छन् । यो पनि एउटा मानसिक समस्या हो । यस्ता मानिसहरु जनावरसँग यौन सम्पर्क राख्ने, बालबालिकालाई प्रयोग गर्ने, यौनअंगभन्दा अरु ठाउँमा सम्पर्क गर्न खोज्ने जस्ता गतिविधि गर्छन् । यस्ता मानिसले मानसिकता नै अपराधि हुन्छ । यौन मात्र नभएर अरु पनि अपराध गर्छन् ।
जाड रक्सी
कति मानिसमा जाड रक्सीको लत हुन्छ । यसमा पनि माानशकि समस्याले भूमिका खेलेको हुन्छ । कुलतमा फँसेका मानिसको सोच्ने क्षमता कमजोर भएर जान्छ । उनीहरु नशाको आवेगमा आएर बलत्कार जस्तो जघान्य अपराध समेत गर्ने गर्दछन् । शाक्ति र सत्ताहुने सवैभन्दा बढी यही लतका कारण उत्तेजित भै बलात्कार गर्ने गर्दछन् ।
साइको सेक्सुअल डिसअर्डर
साइको सेक्सुअल डिसअर्डर सबै भन्दा घातक हुन्छ । यसमा धेरै रोगहरु पर्छन । त्यसमध्येको एउटा रोग यस्तो हुन्छ जसले घर्षण गरेर यौन प्यास मेटाउने गर्छन् । यस्ता रोगीहरु समय र परिस्थित अनुसार जस्तो सुकै यौन हत्कण्डा अपनाउँछन् । यस्ता मानिसले बढी यौन दुव्र्यवहार गर्छन् । यस्ता मानिसले आफ्नो यौनागं देखाउने, बाटोमा पनि घर्षण गर्ने, घर्षणको लागि विपरित लिंगीलाई प्रयोग गर्ने जस्ता हतकण्डा अपनाउँछन् । यस्तो प्रकारको मानसिक समस्या भएका मानिसले बलत्कारमा जोड दिने गर्दछन् ।
सेक्स मेनिया
सेक्स मेनिया एक प्रकारको मानसिक रोग हो । यस्ता मानिसमा जुनसकै कुराको अधिक चाहना हुन्छ । यस्ता मानिसहरु अत्यन्तै चम्काउला, सेक्स चाहना व्यक्त गर्नेखालका हुन्छन् । मेनियाले ग्रस्त मानिसमा अत्याधिक हुने गर्छ । यस्ता मानिस बलत्कार गर्न पनि पछि पर्दैनन् । यस्ता मानिसहरु आवेग र उत्तेजनामा आउने गर्छन् ।
पिडोफेलिया
पीडोफेलिया अर्को मानसिक समस्या हो । यस्ता मानसिक समस्या भएका मानिसले यौन प्यास मेटाउनका लागि वालवालिकालाई प्रयोग गर्छन् । यस्ता मानिसले बालबालिकालाई यौन दुव्र्यवहार गर्ने, बालबालिकासँग बढी नजिक हुने जस्ता व्यवहार देखाउँछन् । यस्ता मानिसले बालबालिकालाई बलत्कार गर्ने अत्याधिक सम्भावना हुन्छ ।
डिमेन्सीया
डिमेन्सीयाको समस्या प्रौढलाई हुने गर्छ । यस्ता मसस्या भएका मानिसको मस्तिस्कले गरिरहेको काम ठिक वा वेठिक भन्ने छुट्याउन सक्दैन । यस्तो समस्या भएका प्रौढले आफुभन्दा कमजोरलाई नै शिकार बनाउँछन् ।

Advertisement