अर्थशास्त्रीको छाता संगठन नेपाल आर्थिक संघको अध्यक्षमा प्रा.डा. प्याकुरेल
पुस १९, काठमाडौं ।
नेपालका अर्थशास्त्रीहरुको एकमात्र पेशागत संगठन नेपाल आर्थिक संघको २९ औं वार्षिक साधारणले प्रा. डा. विश्वम्भर प्याकुरेलको अध्यक्षतामा १७ सदस्यीय कार्य समिति गठन गरेको छ । संघको नवनिर्वाचित कार्य समितिमा डा. भवानी ढुंगाना वरिष्ठ उपाध्यक्ष, प्रा.डा. गोविन्द नेपाल उपाध्यक्ष, गोपालप्रसाद तिवारी महासचिव, डा. खोमराज खरेल सचिव र प्रा.डा. शान्ता सिंह कोषाध्यक्षमा चयन भएका छन् ।
त्यस्तै कार्यसमिति सदस्यहरुमा जमुना श्रेष्ठ, डा. पोषराज पाण्डे, प्रा.डा. विजय श्रेष्ठ, प्रा.डा केशवराज खड्का, प्रा.डा. माधवप्रसाद दाहाल, केशव प्रसाद आचार्य, प्रा.डा शिवराज अधिकारी, डा.मणिकुमार नेपाल, डा.यादवमणि उपाध्याय र नविन अधिकारी रहेका छन् । संघमा त्रि.वि.केन्द्रीय अर्थशास्त्र विभाग प्रमुख प्रा.डा. कुसुम शाक्य पदेन सदस्य रहेका छन् ।
प्रतिकृया दिनुहोस्