अलैँची खेतीले तान्यो कृषकलाई
पछिल्लो केही समयदेखी डोटी जिल्लाका किसानले कोदो, धान, मकै, गहँु आदी उत्पादन हुने जमीनलाई मासेर अलैँची खेती गर्न थालेका छन्् । अलँैची खेती प्रती उनीहरुको आकर्षण ह््वात्तै बढेको छ ।
अलैँचीमा अन्य बाली भन्दा कम मेहनत गर्दा हुने र यसको बजार मूल्य पनी राम्रो भएकोले अलैँची खेती प्रती किसानको आकर्षण बढेको हो । खोल्सीको कालो सुन भनेर चिनिने अलैँची धान फल्ने खेत मात्र होइन, खोल्सा खोल्सीलगायत सबै ठाउँमा लाग्ने र खेर गएको ठाउँसमेत सदुपयोग गर्न सकिने भएका कारण अलैँचीको विस्तार गर्न सहज हुन्छ । अन्य व्यवसाय गर्न भन्दा अलैँची खेती गर्न अलिक सजिलो पनी हुनाले डोटीका प्राय सबै किसानका करेसावारीमा अलैँची खेती गरेको पाइन्छ । जेठको तेस्रो हप्तादेखि साउन अन्तिम सातासम्म जिल्लामा अलैँचीको बिरुवा रोप्ने गरिन्छ ।
डोटीमा पहिलोपटक किसानले अलैँची लगाएर व्यावसायिक खेती गर्न थालेका हुन्् । जिल्लामा किसानले सयँौ रोपनी जग्गामा अलैँची खेती लगाएका छन्् ।
व्यवसायिक रुपमा अलैँची खेती गर्ने किसानलाई मध्यनजर गर्दै डोटी गाउँपालीकाले अनुदानमा अलैँचीका बिरुवा बिक्री गर्दै आइरहेको छ । अलैँचीका बिरुवाका पातमा रोग लागेर केही पात सुक्दै जान थालेपछि भने किसान चिन्तित भएका छन्् ।
जिल्लाका नौवटा स्थानीय तहमध्ये अहिले जोरायल, केआइसिंह, बडीकेदार, बोगटानफुड््िसल लगायतका क्षेत्रका किसानले अलैँचीखेती गर्दै आएका छन्् । जिल्लामा करीब ४०० हेक्टरमा अलैँचीखेती हुँदै आएको छ ।
वि सं १८३० को दशकमा पहिलोपटक सिक्किमबाट इलाम जिल्लाको जोगमाई गाउँमा अलैंचीको बिरुवा ल्याई खेती शुरु भएको कृषि मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको पाइन्छ । डोटी जिल्ला सहित यहाँका अन्य पहाडी जिल्लाको माटो, भौगोलिक वातावरण लगायत अन्य विभिन्न कारण अलैँची खेती गर्न उत्तम ठाउँ भएकोले अलैँचीबाट राम्रो आम्दानी हुने देखीन्छ ।

प्रतिकृया दिनुहोस्