August 9, 2022, Tuesday
२४ श्रावण २०७९, मंगलवार

दोहोरो अंकले बढ्दै नेप्से सूचक २७ सय विन्दु माथि, ७ अर्ब ३६ करोडको कारोबार

दोहोरो अंकले बढ्दै नेप्से सूचक २७ सय विन्दु माथि, ७ अर्ब ३६ करोडको कारोबार

असोज ५, काठमाडौं ।

Advertisement

लगातार चार दिनसम्म घटेको शेयर बजार परिसूचक नेप्से मङ्गलवार भने बढेको छ । नेप्से आज १३ दशमलव ८३ अङ्कले बढेर दुई हजार सात सय १२ दशमलव शून्य सात विन्दुमा पुगेको छ । बजार परिसूचकमा वृद्धि भए पनि आज कारोबार रकम भने सोमबारको तुलनमा घटेको छ । आज नेप्सेमा एक करोड ३५ लाख ६ हजार ६१ कित्ता  सेयर खरिद–बिक्री हुँदा सात अर्ब ३६ करोड ४७ लाख ९९ हजार रुपैयाँको कारोबार भएको छ ।

Advertisement

गत सोमबार अधिकतम ११४ अङ्कले घटेको बजारमा एकाएक दोस्रो दिन १३ अंकमाथिको सुधार आउनुले बजेटले काम गरेको बुझ्न सकिन्छ । किनकि गत सोमबार नै सरकारले प्रतिस्थापन विधेयक मार्फत ल्याएको परिमार्जित बजेट संसद्बाट पास गरेसँगै आम लगानीकर्ताहरू उत्साहित भएको देखिन्छ । संसद्बाट बजेट पास भएसँगै अब कार्यान्वयनमा आउने र सरकारी खर्च त्यसको लगानी नेप्सेमा समेत आउने देखिएकाले लगानीकर्ताहरू उत्साहित भएको बुझिन्छ ।

आज नेप्सेमा १८५ कम्पनीको सेयर कारोबारमा आएकोमा १२२ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ५४ कम्पनीको भने सेयर मूल्य घटेको छ । यस्तै, ९ कम्पनीको सेयर  मूल्य स्थिर रहेको छ । आज नेप्सेमा व्यापार, वित्त कम्पनी, उत्पादनमूलक र म्युचुअल फन्डबाहेक सबै उपसूचक बढेका छन् । व्यापार उपसूचकमा सर्वाधिक १.६१ प्रतिशतको गिरावट हुँदा वित्त कम्पनी उपसूचक ०.७५ प्रतिशतले बढेको छ ।  बैंकिङ उपसूचकमा ०.२ प्रतिशतको सामान्य वृद्धि हुँदा होटेल तथा पर्यटन उपसूचक २.३८ प्रतिशत, लगानी उपसूचक १.३७ प्रतिशत र जीवन बिमा उपसूचक १.३३ प्रतिशतले वृद्धि भएको छ ।

कारोबारमा आएको मध्ये मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्य बढेर सर्किट लेभलमा बन्द हुँदा  रुरु जलविद्युत् कम्पनीको सेयर मूल्य ५.७८ प्रतिशत, नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर मूल्य ४.६६ प्रतिशत र लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको सेयर मूल्य ४.२८ प्रतिशतले बढेको छ । एक्सेल डेभलपमेन्ट बैंकको सेयर मूल्य सवाधिक ३.४२ प्रतिशतले गिरावट हुँदा जानकी फाइनान्सको सेयर मूल्य ३.२६ प्रतिशत, माउन्टेन इनर्जीको सेयर मूल्य  २.९४ प्रतिशतले घटेको छ । आज बजारमा अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक २५ करोडका सेयर कारोबार हुँदा नबिल बैंकको साढे २० करोड, नेपाल इ