January 26, 2025, Sunday
१३ माघ २०८१, आईतवार

आँखुखोला जलविद्युतको वार्षिक साधारणसभा माघ १४ गते

आँखुखोला जलविद्युतको वार्षिक साधारणसभा माघ १४ गते

माघ ३ , काठमाडौं ।
पुस २८ गते बोलाएको सभामा आवश्यक कोरम संख्या नपुगेपछि स्थगित भएको आँखुखोला जलविद्युत कम्पनीले पुनः ११ औं र १२औं वार्षिक साधारण सभा माघ १४ गते बोलाएको छ् । सभा नक्साल ब्यांकेट, काठमाडौंमा बिहान ११ बजे सुरु हुँदैछ । कम्पनीले आर्थिक वर्ष २०७४।७५ र २०७५।७६ को सभा गर्न लागेको हो ।
कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा सभामा पेश हुँदैछ । कम्पनीले सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने १ महिला सहित २ जना सञ्चालकको चयन गर्ने मुख्य एजेन्डा राखेको छ ।
सभामा २ आर्थिक वर्षको वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । कम्पनीको रष्ट्रिर्ड कार्यालयको ठेगाना परिवर्तन गर्ने प्रस्ताव पनि छ । बुक क्लोज भने पुस १७ गते गरिसकेको छ । आँखुखोलाले लगानीकर्तालाई लाभांश प्रस्ताव गरेको छैन ।

Advertisement