April 21, 2025, Monday
[nepali_today_date]

आन्तरिक ऋण उठाउन सरकार असफल


सरकार आन्तरिक ऋण उठाउनमा असफल भएको देखिएको छ । चालू आर्थिक वर्षमा सरकारले १ खर्ब ७२ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेकोमा आवश्यकता नपरेको भन्दै चैत मसान्तसम्म यस्तो ऋण नै लिइएको थिएन । अन्तिम त्रैमासिक अवधिमा ८६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखिएकोमा जेठ १५ गतेसम्म केबल ५३ अर्ब ३८ करोड रुपैयाँमात्रै आन्तरिक ऋण उठेको छ । बैंकिङ क्षेत्रमा लगानीयोग्य रकम हुँदाहुँदै पनि आन्तरिक ऋणको बोलकबोलमा कमैमात्र सहभागिता रहेको पाइएको छ । यसले सरकारको लक्ष्यअनुसार आन्तरिक ऋण उठ्नेमा शंका उत्पन्न भएको छ । ऋण उठ्तिमा कमी भएसँगै सरकारले आन्तरिक ऋणको भुक्तानीमा समेत कमी गरेको छ । चालू आर्थिक वर्षको जेठ १५ गतेसम्म सरकारले ७ अर्ब ६२ करोड रुपैयाँ आन्तरिक ऋण भुक्तानी गरेको छ । सरकारले ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र, राष्ट्रिय बचतपत्र र वैदेशिक रोजगार बचतपत्रमार्फत आन्तरिक ऋण उठाउँछ । विकास ऋणपत्रमा केही उल्लेख्य सहभागिता देखिए पनि ट्रेजरी बिल खरिद गर्न निराशाजनक सहभागिता देखिएको छ । जेठ १५ सम्म ४६ अर्ब ९४ करोडको विकास ऋणपत्र र केबल ६ अर्ब ५३ करोडको ट्रेजरी बिल खरिद भएको छ । उक्त अवधिमा नेपाल राष्ट्र बैंकले ३६ अर्बको ट्रेजरी बिल निष्काशन गरेको थियो भने ५० अर्ब रुपैयाँको विकास ऋणपत्र जारी भएको थियो ।

Advertisement