December 2, 2024, Monday
१७ मंसिर २०८१, सोमबार

विधान संशोधनको खेल महासंघमा

विधान संशोधनको खेल महासंघमा
नेपाल उद्योग वाणिज्य महासंघमा विधान संशोधन गरेर नया अध्यक्ष बन्ने खेल शुरु भएको छ । बरिष्ठ उपाध्यक्ष नै स्वत अध्यक्ष हुने प्रबधानलाई उल्टाउँदै नया अध्यक्ष बन्ने खेल शुरु भएको हो । महासंघलाई सधै आफ्नो पकडमा राख्न चाहने पूर्व अध्यक्ष चण्डीराज ढकालको विशेष पहलमा महासंघमा विधान संशोधन गरेर नया अध्यक्ष ल्याउने खेल भएको हो । विशेष साधारणसभाको मिति तोक्ने कार्यसमिति बैठक बोलाइए विधान संशोधनको खेल भएको हो । महासंघको अध्यक्षमा निर्वाचन र पदावधि दुई वर्ष बनाउने गरि विधान संशोधन गरिँदैछ । अहिले महासंघ कार्यसमितिको कार्यकाल तीन वर्षको छ । चार बर्षअघि वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान बनाइएको थियो । यही प्रावधानलाई टेकेर अध्यक्ष बनेकी भवानी राणाले विधान संशोधनका लागि मार्गप्रशस्त गरेकी थिईन् । उनले महासंघका विशिष्ठ सदस्य एवं पूर्व अध्यक्ष चण्डी ढकालको संयोजकत्वमा विधान संशोधन समिति बनाएकी थिईन् । त्यही समितिले दिएको सुझाबका आधारमा विधान संशोधन गर्न खोजिएको हो । यो खेल वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई अध्यक्ष हुनबाट रोक्ने गरी भएको हो । अध्यक्ष राणा गोल्छालाई अध्यक्ष बनाएर पछि हुने निर्वाचनबाट कार्यान्वयनमा नया अध्यक्ष बनाउनु पर्ने अडानमा छिन भने ढकाल पक्ष विधान संशोधन भएपछि अध्यक्षको निर्वाचन हुने मत जाहेर गरिरहेका छन् । यस भित्र शेखरलाई कसरी रोक्ने भन्ने खेल भएको छ । त्यही भएर महासंघभित्र सँधै प्रभावशाली भूमिकामा रहेका ढकालले नै विधान संशोधनका लागि राणालाई दबाब दिएका थिए । त्यही दबाबका आधारमा विधान संशोधन समिति बनेको हो । यो विधान संशोधनले वरिष्ठ उपाध्यक्ष शेखरको हकमा के हुने भन्ने पनि टुङ्गो गर्ने छ । स्रोतका अनुसार यो मुद्दामा उपाध्यक्षद्धय किशोरकुमार प्रधान र उमेशलाल श्रेष्ठले समेत सहयोग गरेका छन् । उनीहरु दुबै अध्यक्षका आकांक्षी हुन् । विधान संशोधनमा अर्का उपाध्यक्ष चन्द्र ढकाल भने मौन छन् । अध्यक्षकै विषयलाइ लिएर महासंघमा सधै कानीनी उत्झन देखिने गरेको छ । आपसी सहमतिमा विधान सम्शोधन नभए महासंघको असन्तुष्ट पक्ष विधान संशोधनका विरुद्धमा सर्वोच्च जने तयारी समेत गरेको देखिन्छ । यस अगाडि पनि भाष्करराज राजकर्णिकार र गोविन्दराज घिमिरेले विधान विशेष साधारणसभाबाट संशोधन गर्न नमिल्ने भन्दै रिट दायर गरेको महासंघको इतिहास छ ।

Advertisement