भ्यालेन्टाइन डेको लागि मात्र डेढ करोडको गुलाब आयात
फागुन ०२,काठमाडौं ।
आज फ्रेबु्रअरी १४ आर्थात ् भ्यालेन्टाइन डे । विश्वभरनै प्रेमको प्रतीकको रुपमा जो कोहीले मनाइरहँदा नेपालमा पनि यस्को प्रभाव बढ्दो छ । जहाँ प्रभाव बढ्यो त्यहाँ रातो गुलाबको माग त बढ्ने नै भयो । नेपालमा पनि प्रेम दिवसकाका लागि फूलको माग बढदो छ । पछिल्लो समय २ लाख थान गुलाब भ्यालेन्टाइन डेको दिनलाई लक्षित गर्दे आयात भएको छ । प्रेमको प्रतीकका रूपमा रहेको रातो गुलाब एक सातामा १ करोड ६० लाख मूल्य बराबरको आयात भएको नेपाल पुष्प व्यवसायी संघले जाएको छ ।
भारतको नयाँ दिल्ली, कोलकाता र बैंंगलुरुबाट आयात हुने गरेको गुलाव चालू आर्थिक वर्षको पहिलो ६ महिनामा रू. १८ लाख बराबरको गुलाब आयात भएकोमा १ सातामै मात्रै यसको आयात करिब ८ सय प्रतिशतले बढेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।
हाल नेपालमा बिभिन्न ठाउका ७०० किसानले १५३ हेक्टर क्षेत्रफलमा गुलाबको व्यावसायिक खेती गर्दै आएका छन् । तर भ्यालेन्टाइन डेको समयमा अत्याधिक माग हुने तर आन्तरिक उत्पादनले २५ प्रतिशत मात्र धान्ने भएकाले बाँकी गुलाफ आयातमा भर पर्नु परेको हो ।
भ्यालेन्टाइन डेका बेला सबैभन्दा बढी गुलाबको माग काठमाडौं उपत्यकामा हुने गरेको छ । त्यसपछि पोखरा, विराटनगर र चितवन लगायत जिल्लामा गुलाबको खपत बढी हुने गरेको छ ।
यस वर्ष गुलाबको मूल्यमा पनि वृद्धि भएको छ । काठमाडांैको बजारमा गतवर्ष गुलाबको मून्य प्रतिगुलाब रू ५० देखि ८० थियो । यस बर्ष एउटा गुलाब रू. ८० देखि १०० सम्ममा विक्री हुने गरेको छ ।
प्रतिकृया दिनुहोस्