January 21, 2025, Tuesday
८ माघ २०८१, मंगलवार

दुर्घटनामा बालक सहित तीनको मृत्यु

दुर्घटनामा बालक सहित तीनको मृत्यु

फागुन १२, काठमाण्डौ ।

भक्तपुर र ललितपुरमा भएका दुई दुर्घटनामा एघार बर्षिय बालक सहित तीन जनाको ज्यान गएको छ । बिहान ४ बजेतिर ललितपुरको बालकुमारीमा मोटरसाइकल सडकको रेलिङमा ठोक्किंदा दुई जनाको ज्यान गएको छ । बा ३८ प ८३५७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक काठमाण्डौ लाजिम्पाटका दिवसकिशोर भट्टराई र मोटरसाइकलको पछाडि बसेकी ललिता राईको गरिम्भर घाइते भई उपचारको लागि बीएण्डबी अस्पतालमा भर्ना गरेको भएपनि दुबैको उपचारको क्रममा मृत्यु भएको हो ।

यस्तै हिजो बेलुकी भक्तपुरको च्यामासिंहमा ट्रकको ११ बर्ष बालत तलिक मकाजुलाई ठक्कर बालकको ज्यान गएको हो । बालकलाई ठक्कर दिने बा ३ क ३५८८ नम्बरको ट्रकका चालकलाई कारवाहीको लागि पक्राउ गरिएको भक्तपुर प्रहरीले जनाएको छ ।

Advertisement