आज डलरदेखि कतारी रियालसम्मको विनिमयदर यस्तो
फागुन १६, काठमाडौंः
नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ १९ पैसा र बिक्रीदर ११४ रुपैयाँ ७९ पैसा रहेको छ । यस्तै, युरो एकको खरिददर १२४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १२५ रुपैयाँ ५३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४६ रुपैयाँ ९४ पैसा र बिक्रीदर १४७ रुपैयाँ ७१ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५३ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३१ रुपैयाँ २५ पैसा रहेको छ । यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ १२ पैसा र बिक्रीदर २७ रुपैयाँ २६ पैसा रहेको छ ।
प्रतिकृया दिनुहोस्