January 16, 2025, Thursday
३ माघ २०८१, बिहीबार

सरकारी निर्णयको वेवास्ता गर्ने २० नेपाली कामदार फिर्ता

सरकारी निर्णयको वेवास्ता गर्ने २० नेपाली कामदार फिर्ता

चैत ४, काठमाडौं ।
सरकारको निर्णयलाई बेवास्ता गरी बाहिर निस्कने नेपाली कामदारलाई कतार सरकारले स्वदेश फिर्ता गरेको छ ।
कोरोना भाइरस संक्रमण थप फैलिन नदिन गरेको सावधानीलाई बेवास्ता गर्ने २० नेपाली कामदारलाई कतारले फिर्ता पठाइदिएको हो । ती नेपाली निषेधित क्षेत्रमा पुगेकाले पक्राउ गरी स्वेदश फर्काइदिएको परराष्ट्र अधिकारीले बताए । कतारको सुरक्षा निकायले २७ जनालाई पक्राउ गरेको थियो । परीक्षण गर्दा ज्वरो देखिएका ७ जनालाई भने आइसोलेसनमा राखिएको छ । बाँकीलाई फिर्ता पठाईएको हो । दुई जना दुई दिनअघि र १८ जना सोमबार फिर्ता भएका हुन् । खाडी मुलुकले पछिल्लो समय कामदारलाई सेल्फ क्वारेन्टाइन र सामूहिक क्वरेन्टाइनमा राखेको छ ।
कामदार क्वारेन्टाइनबाट सीधै काम गर्ने स्थानमा जान पाउँछन् । तर बाहिर जान पाइँदैन । यस्तो अवस्थामा बेवस्था गर्दे कामदार पठाउने क्रम नरोकिएपछि कतार सरकारले उक्त कामदार फिर्ता पठाएको हो ।
नेपाल सरकारले यसबारे सूचना प्रवाह गर्न दूतावासलाई पत्राचार गरेको थियो । सबैजसो खाडी मुलुकमा कार्यरत कामदारलाई जोखिम क्षेत्रमा नजान भन्दै क्वारेन्टाइनमा राखिएको छ । कामदारको मुख्य बसोबास स्थल औद्योगिक क्षेत्रभित्रै क्वारेन्टाइन बनाएर राखिएको परराष्ट्र अधिकारीले बताएका छन् । यूएई, साउदी अरेबिया, ओमान, बहराइन र कुवेतले पनि घरबाट बाहिर ननिस्कन स्वदेशी एवम् विदेशी सबैलाई आग्रह गरिसकेका छन् ।

Advertisement