April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

रावा इनर्जीले जेठ १८ गतेबाट आइपीओ जारी गर्ने

रावा इनर्जीले जेठ १८ गतेबाट आइपीओ जारी गर्ने

रावा इनर्जी डेभलपमेन्ट कम्पनीले जेठ १८ गतेबाट सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० कित्ता आइपीओ जारी गर्न लागेको हो।

Advertisement

उक्त समयमा स्थानीय बासिन्दाले खरिद नगरेको १ लाख ९३ हजार कित्ता थप गरी सर्वसाधारणको लागि ६ लाख ९६ हजार ३३० कित्ता सेयर जारी गर्न लागेको हो।

Advertisement

यसमध्ये कर्मचारीलाई १५ हजार ४७ कित्ता र सामूहिक लगानी कोषका लागि ३७ हजार ६१६ कित्ता सेयर छुट्याइएको छ। बाँकी ६ लाख ४३ हजार ६६७ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्।

यसमा जेठ २२ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त अवधिमा सबै सेयर बिक्री नभएमा जेठ ३२ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको हो ।

यसमध्ये ५६ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ। साथै, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई ८७ हजार ६७० कित्ता सेयर बाँडफाँट गरेको थियो। यस आइपीओमा प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ

सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिने छ।। रेटिङ एजेन्सी केयर नेपालले रावाको आइपीओलाई केयर एनपी इस्यूअर रेटिङ डबल बी रेटिङ प्रदान गरेको छ।