बैंकहरूको ६ प्रतिशतसम्म लगानी गर्ने क्षमता
बैंक तथा वित्तीय सस्थाको औषत कर्जा निक्षेप अनुपात (सीडी रेसिया) ८४.८७ प्रतिशतमा आइपुगेको छ । यसलाई हेर्दा अव बैंकहरुसँग ६ प्रतिशतसम्म लगानी गर्ने क्षमता यो आर्थिक बर्षमा देखिएको छ । नेपाल राष्ट्र बैकको नीति अनुसार वाणिज्य बैंकहरुले सीडी रेसियोको ९० प्रतिशतसम्म कर्जा प्रवाह गर्न पाउँछन् । यस अनुसार यो आर्थिक बर्षमा बैंकहरूको अव लगभग ६ प्रतिशतसम्म मात्र लगानी क्षेत्रमा कर्जा प्रभाह गर्ने क्षमता राख्छन् ।
राष्ट्र बैंकका अनुसार चालु आवको पछिल्लो अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरूको सिडी रेसियो भने ८४.८७ प्रतिशत रहेको छ । यस अवधिमा बैक तथा फाइनान्स कम्पनीहरूबिचको अन्तर बैंक कारोवारको औसत ब्याजदर भने सात प्रतिशत रहेको राष्ट्र बैंकको जनाएको छ । २०८० जेठ ७ गते वाणिज्य बैंकहरुमा ४८ खर्ब ४६ अर्ब रुपैयाँ निक्षेप रहेको छ । सोही दिनसम्म वाणिज्य बैंकहरुले ४२ खर्ब ९७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । बैंकिङ क्षेत्रको कुल कर्जा रकम ४८ खर्ब ४८ अर्ब रुपैयाँ पुगेको छ ।
नेपाल राष्ट्र बैंकले पछिल्लो पटक अपडेट गरेको बैंकिङ क्षेत्रको कुल निक्षेप तथा कर्जा सम्बन्धी विवरण अनुसार सञ्चालनमा रहेका वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनी सहितका ५५ वटा संस्थाहरूले गत सोमवार अर्थात् यही जेठ आठ गतेसम्ममा उक्त परिमाणमा कर्जा प्रवाह गरेका हुन् ।
बैंकिङ क्षेत्रले प्रवाह गरेको कुल कर्जा रकम मध्येमा वाणिज्य बैंकहरुले मात्र प्रवाह गरेको कर्जा रकम ४२ खर्ब ९७ अर्ब रुपैयाँ रहेको छ । यसबाहेक विकास बैंक र फाइनान्स कम्पनीहरूले प्रवाह गरेको कुल कर्जा रकम भने पाँच खर्ब ५२ अर्ब रुपैयाँ रहेको छ ।
चालु आवको पछिल्लो अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरूले संकलन गरेको कुल निक्षेप रकम भने ५४ खर्ब ९४ अर्ब रुपैयाँ रहेको छ । उक्त निक्षेप मध्येमा वाणिज्य बैंकहरुले मात्र संकलन गरेको कुल निक्षेप रकम ४८ खर्ब ४६ अर्ब रुपैयाँ रहेको छ भने विकास बैंक र फाइनान्स कम्पनीहरूले संकलन गरेको कुल निक्षेप रकम छ खर्ब ४८ अर्ब रुपैयाँ रहेको छ ।
पछिल्लो समय तरलता सहज बन्दै गएपनि पुँजी कोष अनुपात दवाबका कारण केही वाणिज्य बैंकलाई तत्काल कर्जा प्रवाह गर्न नसक्ने बैंकर्स संघका अध्यक्ष एम् एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी बताउँछन् ।
‘अहिले ११ वटा बैंकको क्यापिटल एडुकेसी रेसियो (सीसीएआर) १० प्रतिशत कम छ,’ उनले भने, ‘चार वाणिज्य बैंकको ९ प्रतिशत कम छ। यसको पनि कर्जा प्रवाहलाई केही असर गर्छ ।’
साथै निष्कृय कर्जा पछिल्लो ८÷१० वर्ष तुलनामा उच्च छ। यसले पनि कर्जाको ग्रोथ रोक्न सक्छ’ केसीले भने ।
यो वर्ष करिब ३०० अर्बको निक्षेप बढेको छ । कर्जा १२४ अर्बले बढेको छ । निक्षेपको तुलनामा कर्जा प्रवाहको ग्रोथ थोरै बढेकाले तरलता सुधारउन्मुख हुँदै आएको छ, केसीले भने । उनका अनुसार हालसम्म कर्जाको ग्रोथ ३ हाराहारीले बढेको हो । अबको दुई महिना अर्थात् असारसम्ममा कर्जा प्रवाह बढेर ६÷७ प्रतिशतसम्म पुग्ने देखिएको छ ।
‘नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिमा कर्जा ग्रोथ लक्ष्य १३ प्रतिशत थियो,’ उनले भने, ‘यो वर्ष लक्ष्य लिएको भन्दा आधा मात्र कर्जा ग्रोथ हुने देखिएको छ ।’ यो आर्थिक वर्षभित्र बैंकिङ सिस्टममा २०० अर्ब निक्षेप अझै थपिने केसीले बताए । ‘विस्तारै कर्जाको ब्याजदर घट्दै गइरहेको छ,’ उनले भने, ‘असारमा स्प्रेड दर ४ प्रतिशतमा ल्याउनुपर्नेछ, यसले पनि कर्जाको ब्याजदर घट्दै जान्छ ।’
अहिले सरकारको राजस्व संकलन भन्दा बढी खर्च भइरहेको छ । त्यसले गर्दा लिकुडिटी थप्ने प्रेसर अझै कायम रहेको केसी बताउँछन् ।
प्रतिकृया दिनुहोस्