बजेट मार्फत के–केमा बढ्यो कर ?
सरकारले पहिलो पटक धेरै कमाउनेहरूको आयकरको सीमा ३९ प्रतिशत पु¥याएको छ । ५० लाख रूपैयाँभन्दा बढी कमाउनेको कर ३९ प्रतिशत पु¥याइएको हो । यसअघि २० लाखभन्दा माथिको आयमा ३६ प्रतिशत कर लगाउने गरिएको थियो । त्यस्तै सरकारले तारे होटलमा बस्ने ग्राहकबाट ’लक्जरी कर’ लिने नीति लिएको छ। यो पहिलोपटक गरिएको अभ्यास हो । चारतारे र पाँचतारे होटलमा बस्ने ग्राहकहरूलाई दुई प्रतिशत कर लगाइएको छ ।
सरकारले १०० किलोवाट क्षमतासम्मका विद्युतीय गाडीमा १० प्रतिशत अन्तशुल्क र थप पाँच प्रतिशत भन्सार शुल्क लाग्ने भएको छ । सरकारले सोमबार ल्याएको आर्थिक विधेयक २०८० मार्फत सरकारले विद्युतीय गाडीमा लाग्ने कर बढाएको हो । यसअघि १०० किलोवाट क्षमतासम्मका विद्युतीय गाडीमा पाँच प्रतिशत भन्सार लाग्दै आएकोमा अब १० प्रतिशत लाग्नेछ । त्यस्तै उक्त क्षमताका विद्युतीय गाडीमा अन्तशुल्क शून्यबाट १० प्रतिशत पु¥याइएको छ । तर बजेटबाट १०० किलोवाटदेखि २०० किलोवाट क्षमतासम्मका विद्युतीय गाडीको भन्सार ३० प्रतिशतबाट घटाएर १५ प्रतिशत बनाएको छ भने अन्तशुल्क ३० प्रतिशतबाट घटाएर २० प्रतिशत कायम गरेको छ ।
खाने तेलमा पनि कर बढाइएको छ । उद्योगीहरूका अनुसार १ प्रतिशत भन्सार शुल्क रहेको सोयाबिन, सनफ्लावर र पाम आयलको भन्सार १० प्रतिशत पु¥याइएको छ । तोरीको दानाको भन्सार महसुल १ प्रतिशतबाट ५ प्रतिशत पु¥याइएको छ ।
त्यस्तै गहनामा समेत सरकारले लक्जरी कर सुरू गरेको छ । हिरा, मोती लगायत जवरात जडित सुनचाँदीमा लक्जरी कर लाग्ने व्यवस्था आर्थिक अध्यादेशले गरेको छ । ’नेगेटिभ लिस्ट’ का वस्तुहरूमा कर बढाइएको छ । यसमध्ये बियरमा प्रतिलिटर ७ रूपैयाँ कर बढाइएको छ । निरन्तर बियरमा कर बढ्दै गएपछि प्रतिकार्टुन कारोबारको ६७ प्रतिशत कर तिर्नुपर्ने भएको छ ।
साउन १ गतेदेखि लागू हुने गरेर मालवस्तुको प्याकेजिङमा आयातकर्ता र बजार वितरकको लेबल लगाएर मात्र बजारमा पठाउनु पर्ने भएको हो । छुट तथा सहुलियत व्यवस्थामा पुनरावलोकन गरी कराधार विस्तार गर्ने उद्देश्यले मूल्य अभिवृद्धि करका १७० र अन्तःशुल्कका ३४० छुटका दरहरू खारेज गरेको अर्थमन्त्रीले घोषणा गरेका छन् ।
यस्तै, श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गई कम्तीमा छ महिना काम गरी फर्किएका नेपाली नागरिकले दुई सेटसम्म मोबाइल ल्याउन पाउने भएका छन् । यसअघि एक सेटमात्रै ल्याउन पाउने व्यवस्था थियो ।
आगामी आर्थिक वर्ष देखि सामाजिक सुरक्षा कोषमा आबद्ध भई वैदेशिक रोजगारमा गई कम्तीमा लगातार १२ महिना काम गरी फर्केका व्यक्तिले आफ्नो साथमा ल्याएको एउटा जुनसुकै आकारको टेलिभिजनमा भन्सार महसुल छुट मिल्ने भएको छ ।
साथै, स्वदेशी उद्योगको उत्पादन प्रवर्द्धन गर्न २०८० श्रावण १ गते पछि सम्झौता हुने आयोजनाका लागि आवश्यक पर्ने सिमेन्ट, फलामे डन्डी, फलामे पाइप तथा प्लाष्टिकका पाइप, जस्तापाता, विद्युतीय केवल जस्ता स्वदेशमा पर्याप्त उपलब्ध हुने वस्तुको आयातमा छुट नदिने घोषणा भएको छ । स्वदेशी उद्योगले यस्ता वस्तु आयोजनालाई बिक्री गर्दा लाग्ने मूल्य अभिवृद्धि कर र अन्तःशुल्क छुट दिएर बिक्री गर्न सक्ने व्यवस्था समेत भएको छ । मुलुकमा आत्मनिर्भर भएका औद्योगिक वस्तुको स्वदेशी उत्पादनलाई संरक्षण गर्न केही वस्तुको आयातमा लाग्ने महसुल वृद्धि भएको छ ।
सरकारले आगामी आर्थिक वर्षदेखि गुणस्तर कमसल भएका, नक्कली तथा अवैधरूपमा आयात भएका वस्तुको बिक्री वितरणमा कडाइ गरेको छ । लघु, घरेलु तथा साना उद्योगको संरक्षण र प्रवर्द्धनका लागि यस्ता उद्योगले आफ्नो उत्पादन प्रयोजनको लागि पैठारी गर्ने घरायसी प्रयोजन हुने बाहेकका मिलरमेशिनरीमा एक प्रतिशत मात्र भन्सार महसुल लाग्ने व्यवस्था भएको छ ।
यसका साथै आजसम्म प्रयोगमा रहेको अवैध मोबाइल फोन असार मसान्तसम्ममा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)मा दर्ता गर्न सक्ने व्यवस्था सरकारले गरेको छ ।
प्रतिकृया दिनुहोस्