April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

र्जामा २१ अर्ब कम बजेट, किन घट्यो ?

र्जामा २१ अर्ब कम बजेट, किन घट्यो ?

सरकारले ऊर्जा क्षेत्रको विकासका लागि सिँचाइ, जलस्रोत तथा ऊर्जा मन्त्रालय तर्फ ८७ अर्ब ४५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । उक्त बजेट चालु आवको भन्दा २१ अर्ब करोड रुपैयाँले कम हो ।

Advertisement

अर्थमन्त्री डा प्रकाशशरण महतले सम्पन्न हुने खालका रणनीतिक आयोजनालाई मात्रै बजेट व्यवस्थापन गरेपछि भौतिक पूर्वाधार र ऊर्जा जस्ता विकासे मन्त्रालयको बजेट कटौती भएको अर्थ मन्त्रालयले जनाएको हो ।

Advertisement

चालु वर्षका लागि ऊर्जातर्फ ७५ अर्ब १० करोड रुपैयाँ र सिंचाईतर्फ ३३ अर्ब ५० करोड रुपैयाँ गरी कुल १ खर्ब ८ अर्ब रुपैयाँ छुट्याइएको थियो।

स्रोतमा संकुचन भएको भन्दै सरकारले विकासे मन्त्रालयको बजेट कटौती गरेको हो। चालु वर्ष पनि सरकारले विकास बजेटमा कैंची चलाएको छ। यसले केही आयोजनाहरुको कार्यान्वयन पछि सरेको छ।

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले बजेटको सिलिङ पाउने बित्तिकै प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न पुगेका थिए। आधा बजेट कटौती हुँदा प्राधिकरणलाई समस्या हुने उनको जिकिर थियो।त्यसपछि प्रधानमन्त्री दाहालले अर्थसचिव अर्जुनप्रसाद पोखरेललाई ‘के भएको हो ?’ भन्दै सोधेका थिए। आफूलाई नभेटी सिधै प्रधानमन्त्रीसँग भेटेर बजेट बढाउन दबाब दिएको भन्दै सचिव पोखरेलले गुनासो गरेका थिए।

घिसिङ अधिकांश विषयमा विभागीय मन्त्रालय ऊर्जाका मन्त्रीलाई समेत नभेटी सिधै प्रधानमन्त्रीलाई भेट्ने गर्छन्।
विद्युत उत्पादन ठूलो मात्रामा बढेकाले प्रसारण र वितरणलाइनको बजेट कटौती गर्न नहुने भन्दै बजेट घटाउन नहुने घिसिङले बताएका थिए। सरकारले विद्युत प्राधिकरणलाई चालु वर्षका लागि १२ अर्ब रुपैयाँ बजेट दिएको छ। आगामी वर्षका लागि ७ अर्ब कटौती गरेर ५ अर्ब रुपैयाँको सिलिङ दिएपछि घिसिङ प्रधानमन्त्री भेट्न पुगेका थिए।