September 23, 2023, Saturday
६ आश्विन २०८०, शनिबार

लुम्बिनी विकास बैंकको एक अर्बको ऋणपत्र बिक्रीमा, ११ प्रतिशत ब्याज पाइने

लुम्बिनी विकास बैंकको एक अर्बको ऋणपत्र बिक्रीमा, ११ प्रतिशत ब्याज पाइने

लुम्बिनी विकास बैंकले जेठ १६ गतेद आजेखि एक अर्बको ऋणपत्र बिक्रीमा ल्याएको छ। बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा १० लाख इकाई ऋणपत्र जारी गरेको हो । यसमध्ये ६० प्रतिशत अर्तात् ६ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्दैछ ।

लुम्बिनीले १० वर्ष अवधिको ‘११ प्रतिशत एलबीबीएल डिबेन्चर २०८९’ जारी गर्न लागेको हो । यसमा वार्षिक ११ प्रतिशत ब्याजदर दिने बैंकले जानकारी दिएको छ । खरिद गर्न चाहनेले जेठ १९ गतेसम्म आवेदन दिइसक्नुपर्ने छ।

बाँकी ३ लाख ८० हजार कित्ता ऋणपत्रमा सर्वसाधारणले आवेदन दिन पाउँनेछन्। प्रतिकित्ता एक हजार रुपैयाँ तय छ। न्यूनतम २५ कित्तादेखि एक लाख कित्तासम्मका लागि आवेदन पेस गर्न मिल्छ।

Advertisement