September 23, 2023, Saturday
६ आश्विन २०८०, शनिबार

बजेट कार्यान्वयन हुनेमा कुनै शंका नगर्दा हुन्छ: अर्थमन्त्री महत

बजेट कार्यान्वयन हुनेमा कुनै शंका नगर्दा हुन्छ: अर्थमन्त्री महत

अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट कार्यान्यन हुनेमा शंका नगर्न आग्रह गरेका छन्।
अर्थमन्त्री महतले बजेटबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कामबाट बजेट कार्यान्वयन माथिका शंका हटाइने दाबी गरेका हुन् ।

Advertisement

बजेटले अनावश्यक खर्च नगर्ने उल्लेख गरेको भन्दै उनले यसपालि कार्यान्वयन हुनेगरी बजेट आएको दाबी गरे । मौद्रिक नीति र वित्त नीतिको सामन्जस्यताबाट अब अर्थतन्त्र चलायमान गराउन सकिने महतले बताए । आउँदा दिनमा राष्ट्र बैंकबाट पनि मौद्रिक नीतिमा सहजता आउने भन्दै उनले सीमा नाकामा हुने राजस्व चुहावटका ’लुपहोल’ पनि बजेटमार्फत टालिएको दाबी गरे ।

Advertisement

‘राजस्व नीतिमा सुधार गरेका छौं । त्यसमा भएका लुपहोल हटाएका छौं, यसले आगामी दिनमा राजस्व वृद्धि हुने छ’ महतले भने । नेपाली उद्योगलाई प्रवर्द्धन गर्न कम्तीमा १ तहमा करका दर कम गरिएको उनले बताए । सांसदलाई विकास निर्माणका लागि दिएको रकमलाई व्यक्तिलाई दिएजस्तो व्याख्या नगर्न महतले आग्रह गरे । त्यस्तै काम सम्पन्न भइसकेका आयोजनाको रकम निर्माण कम्पनीलाई भुक्तानी गर्न पहल भइरहेको उनले जनाए ।

‘काम गर्ने शैली परिवर्तन गरेर बजेट कार्यान्वयन गर्न सकिन्छ’ उनले भने ‘विगतमा गर्न नसकेका कामलाई तुलना गरेर बजेटमा राम्रा विषय धेरै, तर उपलब्धि कम हुन्छ भन्ने शंका कामबाट निवारण गरिन्छ ।’