September 23, 2023, Saturday
६ आश्विन २०८०, शनिबार

एक किलो ७० ग्राम सुनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ

एक किलो ७० ग्राम सुनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपामा भन्सार छली लैजान लागेको १ किलो ७० ग्राम सुनसहित भारतीय नागरिक पक्राउ परेका छन् ।

Advertisement

विमानस्थल सुरक्षा प्रहरी प्रमुख डीआइजी अर्जुन चन्दका अनुसार युएईको सारजाहबाट काठमाडौं आएका भारत केरलाका मोहमद हुसेन सुनको तीनवटा डल्लासहित पक्राउ परेको जानकारी दिएका हुन् ।

Advertisement

उनी एयर अरेबियाको फ्लाइटबाट सोमबार बिहान त्रिभुवन विमानस्थलमा ओर्लिएका थिए।

डीआइजी चन्दले ने,’भारत केरलाका २५ वर्षीय मोहम्मद हुसेन व्यापारिक भिसामा युएई गएको देखिन्छ। विमानस्थलमा उसको हिँडाइ केही असहज देखिन्थ्यो। विमानस्थल सु्रक्षा प्रहरीलाई शंका लागेर चेकजाँचका क्रममा उनको शरीरमा केमिकल मिसाइएको लिक्वड अवस्थामा १०७० ग्राम सुन भेटिएको हो।’

विमानस्थलमा चेकजाँचका क्रममा उनको हाउभाउ शंका लागेपछि विमानस्थल प्रहरीले पक्राउ गरेको हो। अर्धझोल अवस्थामा भेटिएको सुन हुसेनले मलद्वारमा लुकाएर ल्याएका थिए। उनलाई ट्वाइलेटमा लगेर सुन बाहिर निकालिएको थियो। योसँगै अन्य पनि सुन भएको आशंकामा प्रहरीले हुसेनलाई अस्पताल लगेर एक्सरे र सिटिस्क्यान गराएको थियो।
थप अनुसन्धानका लागि उनलाई राजस्व अनुसन्धान कार्यालयमा पठाइएको छ।