September 23, 2023, Saturday
६ आश्विन २०८०, शनिबार

शेयर बजार ५३.१६ अंकले घटेर नेप्से परिसूचक १८८८.६१ विन्दुमा

शेयर बजार ५३.१६ अंकले घटेर नेप्से परिसूचक १८८८.६१ विन्दुमा

आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक भएपछिको पहिलो कारोवारमा मंगलवार ५३.१६ अंकले घटको छ । यस दिन नेप्से  २.७४ प्रतिशतले घटेर १८८८.६१ विन्दुमा पुगेर बन्द भएको हो ।

Advertisement

आज दुई सय ७५ वटा कम्पनीको ७० लाख ७४ हजार कित्ता शेयर दुई अर्ब ३४ करोड १७ लाख रुपैयाँमा कारोवार भएको छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको २१ करोड २४ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

Advertisement

आज सबैभन्दा धेरै श्वेतगङ्गा हाइड्रो कम्पनीको शेयर झन्डै साढे नौ प्रतिशत र सामुदायिक लघुवित्तको शेयर साढे आठ प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे भए पनि आत्मनिर्भर लघुवित्त र बीपीडब्ल्यू लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।

सबै कम्पनीको शेयर घटेर बजार राताम्मे भएकोमा बिमा, होटल, विकास, बैंक र व्यापार समूहको शेयर उच्च अंकले ओरालो लागेको छ ।