September 23, 2023, Saturday
६ आश्विन २०८०, शनिबार

अर्थमन्त्री महतले बजेटको केही बुँदा पढ्नै छुटाए

अर्थमन्त्री महतले बजेटको केही बुँदा पढ्नै छुटाए

अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदमा बजेट पढ्ने क्रममा केही बुँदा पढ्न छुटेको स्वीकार गरेका छन् । उनले शिक्षाको बजेटका केही बुँदा संसदमा पढेका थिएनन् । मंगलवार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री महतले सांसदहरुले आफ्नो क्षेत्रमा बजेट परेन भनेर गुनासो गरेको भन्दै रातो कितावमा भएका पनि कतिपय विषय वक्तव्यमा छुटेको बताएका हुन् ।

उनले भने, ‘कतिपय मान्यहरु हाम्रो त आउँदै आएन आयोजना भन्नु भएको छ । हामीले जानी जानी हैन रातो कितावमा आएको छ । छुटेको छ । तर परेको छ । गमगढि नाम्चे लालमा सडक त्यसमा ५० करोड राखिएको छ । ती मध्ये धेरै बजेटहरु बजेट वक्तव्यमा नाम लिन सकिएको छैन् । त्यो म पछि राख्ने छु ।’

अर्थमन्त्री महतले यो बजेटले आउने दिनमा आर्थिक वृद्धिको लक्ष्य पूरा गर्ने दाबी गरे । ‘यो बजेटले आउने दिनमा अर्थिक वृद्धिको हाम्रो लक्ष्यलाई पुरा गर्छ । पुर्वाधार विकासमा जोड दिएका छौं । पुँजीको सिमितता अझैपनि चुनौतीपूर्ण छ । पर्यटनको क्षेत्रमा ठुलो सम्भावना छ । आफै हामीले पुर्वाधार विकास गर्न जरुरी छ।’

Advertisement