September 23, 2023, Saturday
६ आश्विन २०८०, शनिबार

अर्थमन्त्रीले सांसद विकास कोषलाई छुट्याइएको रकमको गरे बचाउ

अर्थमन्त्रीले सांसद विकास कोषलाई छुट्याइएको रकमको गरे बचाउ

अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटबाट सांसद विकास कोषलाई छुट्याइएको रकमको बचाउ गरेका छन् ।

Advertisement

मंगलवार अर्थ मन्त्रालयका बजेट भाषणपछिको पत्रकार सम्मेलनको आयोजना गर्दै अर्थमन्त्री डा. महतले सांसद विकास कोषलाई विनियोजित बजेटको बचाउ गरेका हुन् ।

Advertisement

‘सबै निर्वाचन क्षेत्र १६५ ठाउँमै बजेट जाओस् भनेर यो रकम विनियोजन गरेको हो,’ उनले भने, ‘र, यो राख्दा सांसदको भूमिका सिफारिस गर्ने मात्र हुन्छ ।’ उनले जनताबाट चुनेर आएका प्रतिनिधिले सिफारिस गर्न पनि अपराध भएजस्तो मान्न नहुने बताए ।

अर्थमन्त्री डा. महतले सांसद विकास कोषमार्फत खर्च हुने रकम ठेक्कामार्फत हुने र सम्बन्धित मन्त्रालयले नै ठेक्का लगाउने व्यवस्था रहेको समेत बताए ।