September 23, 2023, Saturday
६ आश्विन २०८०, शनिबार

बैंकमा निक्षेप राखेर ब्याज खानेलाई बढाइयो कर

बैंकमा निक्षेप राखेर ब्याज खानेलाई बढाइयो कर

बैंक तथा वित्तीय संस्थामा ब्याजका निम्ति रकम राख्ने व्यक्तिहरूका लागि सरकारले कर बढाएको छ ।

Advertisement

अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटमार्फत बैंक तथा वित्तीय संस्थाले निक्षेपकर्तालाई दिने ब्याजमा लाग्ने कर बढाएका हुन् ।

Advertisement

अर्थमन्त्री डा. महतले ब्याजकर एक प्रतिशत विन्दुले बढाएका हुन् । अहिले बैंक तथा वित्तीय संस्थाले निक्षेपकर्तालाई दिने ब्याजमा पाँच प्रतिशत कर लाग्दै आएको छ ।

अर्थमन्त्रीले अबदेखि उक्त ब्याजदरमा ६ प्रतिशत कर लाग्ने व्यवस्था गरेका हुन् ।

गत वर्ष बैंक तथा वित्तीय संस्थाले दीर्घकालीन प्रकृतिको निक्षेप महँगो ब्याजदरमा उठाएका थिए ।