January 26, 2025, Sunday
१३ माघ २०८१, आईतवार

लकडाउन भएपछि मध्यरात सम्मै पसलमा किनमेल गर्नेको भिड

लकडाउन भएपछि मध्यरात सम्मै पसलमा किनमेल गर्नेको भिड

चैत ११, काठमाडौं ।
सरकारले सिंगो देशमा लकडाउन गर्ने घोषणा ग¥यो । टेलिभिजनमा यो समाचार सुन्नेवित्तिकै भक्तपुरका सन्तोष थापा दोडिएर राधेराधेमा रहेको भाटभाटेनी सुपरमार्केट पुगे । उनको उद्धेश्य थियो, लकडाउन भएपछि सामान नपाउँने चिन्ताले सताउँदा उनी दौडियर सामान किन्नको लागि पुगेका हुन् । उनको भनाई थियो— ’भोलि के हुन्छ भन्ने ठेगान छैन, अलिकति जोहो नगरी भएन ।,’ थापा मात्र होइन बजारमा पुग्ने जो कसैले पनि यस्तै अभिव्यक्ति दिएको सुनिन्थ्यो ।
लकडाउन भन्नसाथ काठमाडौंको भाटभटेनी, बिगमार्ट, सेलवेज लगायतका स्टोरमा मानिसको चाप ह्वात्तै बढ्यो । गएको मध्यरात सम्म खाद्यान्न पसलहरुमा मानिसको भिड लाग्यो । नेपालमा दोस्रो कोरोना संक्रमित व्यक्तिको पहिचान भएलगत्तै सरकारले लकडाउनको निर्णयसँगै बजारमा भिड बढेको हो । सर्वसाधारणले लकडाउनको अर्थ स्पष्ट नबुझदा बजारमा यसरी चाप बढेको हो । सरकारले खाद्यान्न लिनका लागि रोक लगाइने छैन । तर सर्वसाधारण त्यो नबुझदा मध्यरात सम्म पनि किनमेलको लागि दोडिएका थिए ।
स्टोर तोकिएको अबधिभन्दा पछिसम्म नखुल्ने भएकाले त्यसपछि मानिसहरुको चाप रह्यो आफ्नो नजिकै रहेका खाद्यान्न पसलहरुमा । भाटभटेनी लगायतका स्टोरमा खाद्यान्न रहे पनि तरकारी लगायतका सामान नहुँदा भने सर्वसाधारण चिन्तत बने ।
उपत्यकाका मुख्य शहर कमलपोखरी, मैतीदेवी, मित्रपार्क, नयाँ बानेश्वर चाबहिल, कलंकी, ग्वार्को, बालाजु, नक्साल, कोटेश्वर लगायतका चोकमा रहेका खाद्यान्न पसलमा १० बजेसम्म मानिसहरुको चहलपहल देखिएको थियो । स्थानियहरु गाडि लिएर नै सामान किन्नको लागि भौतारीरहेका थिए ।

Advertisement