January 21, 2025, Tuesday
८ माघ २०८१, मंगलवार

कोरोना प्रभावित व्यवसायीले चैत महिनाको कर्जाको साँवाब्याज तिर्नु नपर्ने

कोरोना प्रभावित व्यवसायीले  चैत महिनाको कर्जाको साँवाब्याज तिर्नु नपर्ने

चैत १२, काठमाडौं ।
व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको चैत महिनाको ब्याज तिर्नु नपर्ने भएको छ । अर्थ मन्त्रालयले राष्ट्र बैंकलाई चैत महिनाको सावाँ रकम तिर्न ताकेता नगर्न बैंकहरुलाई निर्देशन दिएको छ । कोरोना भाइरसबाट प्रभावित व्यवसायीको पहिचान गरी ब्याज लिने र सावा लिने कार्य चैत महिनाभर स्थगित गर्न सरकारले भनेको हो ।
बैठकले कोभिड–१९ को संक्रमणको अवधि यकिन गर्न सकिने अवस्था नरहेको र यसको क्षतिको समेत तत्काल यकिन गर्न नसकिने भन्दै मारमा पर्नसक्ने अर्थतन्त्र बुस्ट गर्ने उद्धेश्यले राहत प्याकेज ल्याएको हो ।
नयाँ निर्देशनमा लकडाउनको अवस्थामा समेत बैंकिङ, बिमा, धितोपत्र, कम्पनी दर्ता र बचत तथा ऋण परिचालन सम्बन्धी सेवाहरु सुचारु राख्नुपर्ने भएको छ । बुधबार अर्थमन्त्री डा. युवराज खतिवडाको अध्यक्षतामा बसेको उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले गरेका ९ बुँदे निर्णय यसप्रकार छ:

Advertisement