१ सय ५० युनिटसम्म विद्युत प्रयोगकर्तालाई चैत महिनाभरको महसुलमा २० प्रतिशत छुट
चैत १४, काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणका ३८ लाख घरायसी ग्राहकले १ सय ५० युनिटसम्म विद्युत प्रयोगमा चैत महिनाभरको महसुलमा २० प्रतिशत छुट पाउने भएका छन् ।
ऊर्जा, जलश्रोत तथा सिञ्चाइमन्त्री वर्षमान पुन अनन्तको अध्यक्षतामा शुक्रबार मन्त्रालयमा बसेको नेपाल विद्युत प्राधिकरण सञ्चालक समिति बैठकले मन्त्रिपरिषदसमक्ष महसुल छुटका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
कोरोना भाइरस (कोभिड(१९) को महामारी रोकथामका लागि सरकारद्वारा घोषित लकडाउनको समयमा धेरैको रोजगारी गुमेको तथा आर्थिक गतिविधि ठप्प भएको अवस्थालाई मध्यनजर गर्दै ग्राहकलाई राहत दिने तथा एलपी ग्यास विस्थापन गरी इन्डक्सनसहित विद्युतीय चुल्हो प्रयोगमा प्रोत्साहन गर्ने उद्देश्यले त्यस्तो निर्णय गरिएको हो ।
ग्यास बाहिरबाट आयात गर्नुपर्ने तर विद्युत नेपालकै उत्पादन भएकाले इलेक्ट्रिक कुकिङ प्रबद्र्धन गर्दा अर्थतन्त्रमै सकारात्मक असर पर्ने विश्वास सहित सरकराले यस्तो तयारी गरेको हो ।
३८ लाख ग्राहकलाई १ सय ५० युनिटसम्मको खपतमा २० प्रतिशत छुट दिँदा एक महिनामा सरकारी राजश्वमा ५० करोड नोक्सान हुन्छ । गत आर्थिक वर्षमा प्राधिकरणको महसुलबाट ३० अर्ब रुपैयाँ उठेको थियो । नेपालमा मासिक १ सय ५० युनिटसम्म विद्युत खपत गर्नेको संख्या अधिक छ । कुल ३८ लाख घरासयी ग्राहकमध्ये झण्डै २७ लाखले एक सय ५० मेगावाटभन्दा कम बिजुली प्रयोग गर्दै आएका छन् । सरकारको पछिल्लो निणर्यले सर्वसाधारणलाई ठूलै राहत पुग्ने देखिन्छ ।
प्रतिकृया दिनुहोस्