आलपत्र परेका पर्यटक फर्कदैः आजै ६ सय ८ अलपत्र पर्यटक चार्टरबाट जर्मन यात्रु फिर्ता
चैत १५, काठमाडौं ।
कोरोना भाइरसको संक्रमण र नेपालमा जारी लकडाउनका कारण अलपत्र अलपत्र परेका आफ्ना नागरिकलाई विभिन्न देशले चार्टर्ड विमानमार्फत स्वदेश फिर्ता गरिरहेका छ्न् । त्यसै अनुरुप शानिवार मात्र दुई विमानले आफ्ना नागरिक चार्टर गरेर लगेका छन् ।
काठमाडौँ कोरोना भाइरसको संक्रमण र नेपालमा जारी लकडाउनका कारण अलपत्र परेका ३ सय ४ जना जर्मन यात्रु लिएर कतार एयरवेजको चार्टर्ड विमान शनिबार बिहान काठमाडौबाट उडेको छ । विमान कतारको दोहा हुँदै जर्मनीको फ्रान्कफर्टमा अवतरण हुँदै छ ।
त्यस्तै शनिबार नै दिउँसो कतार एयरवेजको अर्को चार्टर्ड विमान ३ सय ४ जना फ्रान्सेली यात्रु लिएर काठमाडौंबाट उडेको हो । यो विमान कतारको दोहा हुँदै फ्रान्सको पेरिसमा अवतरण हुने छ । यसअघि कतार एयरवेजले विभिन्न युरोपेली देशका ३ सय ४ जना यात्रु लिएर शुक्रबार काठमाडौँबाट चार्टर्ड फ्लाइट गरेको थियो ।
प्रतिकृया दिनुहोस्