January 21, 2025, Tuesday
८ माघ २०८१, मंगलवार

आज राष्ट्रिय सहकारी दिवसः सहकारीको उत्थानसँगै कोरोना नियन्त्रणको लागि जुट्न मन्त्रीको आग्रह


चैत २०, काठमाडौं ।
नेपालमा औपचारिक रुपमा सहकारी दर्ता भएको सम्झनामा हरेक वर्ष आजकै दिन राष्ट्रिय सहकारी दिवस मनाइन्छ । यस वर्ष कोरोना भाइरसको संक्रमण र लकडाउनले गर्दा औपचारिक कार्यक्रमको आयोजना गरिएको छैन । गाउँ–गाउँमा वित्तीय पहुँच पु¥याउनुका साथै स–सानो बचत संकलन र ऋण प्रवाहका लागि विशेष भूमिका खेल्ने सहकारी दिवस प्रभावित भएको हो ।
सहकारी दिवसको अवसमा बधाई र शुभकामना व्यक्त गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकारीको उत्थानसँगै कोरोना संक्रमण रोकथाममा जुट्न आह्वान गरेकी छन् ।
विपदको घडीमा राष्ट्रव्यापी सञ्जाल रहेको सहकारीले नागरिकमा राहत, सही सूचनाको सम्प्रेषण र सहजीकरण गर्नुपर्ने शुभकामना वक्तव्यमा उल्लेख गरिएको छ ।
नेपालमा सहकारीको संख्या ३५ हजार बढी छ । अहिले बचत तथा ऋणका साथै कृषि, स्वास्थ्य, सञ्चार, उपभोक्ता, यातायातलगायतका क्षेत्रमा सहकारीले काम गर्दै आएको छ । ६५ लाख सर्वसाधारण सहकारीमा आवद्ध छन् । संविधानमा अर्थतन्त्रको आधारस्तम्भ स्वीकार गरिएको सहकारीको कुल ग्राहस्थ उत्पादन (जीडीपी) मा ५ प्रतिशत र वित्तीय क्षेत्रमा २५ प्रतिशत योगदान छ । पहिलो पटक २०१३ साल चैत २० गते चितवनमा बखान सहकारी संस्था दर्ता भएको थियो ।

Advertisement