योजना आयोगले आगामी आर्थिक वर्षको बजेट निर्माण प्रकिया अगाडि बढायो
चैत २०, काठमाडौं ।
राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षको बजेट निर्माण प्रकियाको छलफल अगाडि बढाएको छ ।
मन्त्रालयगत बजेट सिलिङ तोकेर नीतिगत छलफलमा जुटेको अवस्थामा सरकारले घोषणा गरेको लकडाउनपछि छलफल प्रभावित भएकोमा पुनः छलफल शुरु गरेको हो ।
संविधानले जेठ १५ मा नै आगामी आर्थिक वर्षको लागि बजेट घोषणा गर्नुपर्ने व्यवस्था गरेको छ । साथै सार्वजनिक खर्च उत्तरदायित्व सम्वन्धी ऐनले पनि बजेट प्रभावकारिता र परादर्शिताको लागि विभिन्न विधिहरू देखाएको छ । ती विधिहरूमार्फत हिँड्दा बजेट निर्माण प्रकियामा ढिला हुँदा लकडाउनमै छलफल शुरु भएको हो ।
योजना आयोगका उपाध्यक्ष प्राडा. पुष्पराज केडलले बोलाएको बैठकले आगामी आर्थिक वर्षको लागि मन्त्रालयहरूसँग नीतिगत छलफललाई निरन्तरता दिने निर्णय गरिएको बताए । उनले बजेट निमार्णको समय ढिलो भएकोले लकडाउनमा पनि बैंठक बसेरको जानकारी दिए ।
सरकारले १६ खर्ब ३२ अर्बको बजेट सिलिङ तोकेर छलफलमा जुटेको छ । बिहीबारको बैठकमा समय तालिकाअनुसार कसरी काम टुंग्याउने, आगामी आर्थिक वर्षको लागि आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रमको लागि दायारा विस्तारको सवालमा छलफल गरिएको हो ।
प्रतिकृया दिनुहोस्