November 29, 2023, Wednesday
१३ मंसिर २०८०, बुधबार

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सम्झौता

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सम्झौता

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सम्झौता भएको छ। परिषद्का कार्यकारी सदस्यसचिव डा प्रदीप ज्ञवाली र प्रतिष्ठानका उपकुलपति डा मंगल रावलले अनुसन्धानसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौतापत्रमा कर्णाली क्षेत्रमा पाइने बहुमूल्य जडीबुटीको विषयमा बृहत अनुसन्धान सुरु गर्ने विषय उल्लेख छ । स्वास्थ्यका अन्य विषय तथा रोगका विषयमा पनि परिषद् र प्रतिष्ठानले संयुक्त रुपमा अनुसन्धान गर्ने विषय पनि सम्झौतामा उल्लेख छ।

सम्झौतापछि उपकुलपति रावल र कार्यकारी सदस्य सचिव डा ज्ञवालीले स्वास्थ्य क्षेत्रको अनुसन्धानको दायरा बढाउँदै गएको जानकारी दिए।

Advertisement