चीनसँगको व्यापारमा लिजी बन्दरगाह खुल्यो, आर्थिक गतिविधि झनै मजबुत
चीन र नेपालबीचको वैदेशिक व्यापारमा नयाँ व्यापारिक मार्ग सञ्चालनमा आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा दुई देशले नयाँ व्यापारिक मार्ग खुलाएका हुन् । कोरोना नाका नजिक बनेको बन्दरगाह सञ्चालनमा आएसँगै चीनसँगको व्यापारमा प्रयोग हुने मुख्य व्यापारिक मार्गको सङ्ख्या तीन पुगेको छ ।
नेपाल–चीनबीच हाल तातोपानी र रसुवागढी गरी दुई व्यापारिक नाका छन् । यो सूचीमा निकट भविष्यमै समुन्द्री सतहबाट ४६ सय मिटरको उचाइमा रहेको लिजी बन्दरगाह थपिएको हो ।
नेपालका प्रधानमन्त्रीको चीन भ्रमणको अवसरमा नयाँ व्यापारिक मार्ग सञ्चालनमा आएको हो ।
नेपाल र चीनको व्यापारका लागि प्रयोग हुने गरी पहिचान र निर्माणको योजनामा करिब आधा दर्जन व्यापारिक मार्ग छन्।
साउथ चाइना मर्निङ पोस्टका अनुसार चीनले छिमेकी नेपालसँग आर्थिक गतिविधि बढाउने लक्ष्यसहित नयाँ व्यापारिक मार्ग अर्थात् लिजी बन्दरगाह सञ्चालन गरेको हो ।
यो बन्दरगाहको निर्माण कार्य सम्पन्नपछि वाणिज्य मन्त्रालयले निरीक्षण गरेको निरीक्षणमार्फत सञ्चालन योग्य देखिएको थियो । निरीक्षणबाट उक्त बन्दरगाह नेपालसँगको व्यापारका लागि तयार रहेको पाइएको उल्लेख छ ।
नेपालको सीमाबाट जम्मा १२ किलोमिटरको दूरीमा रहेको यो बन्दरगाह सञ्चालनमा आएपछि नेपालसँगको आर्थिक गतिविधि झनै मजबुत बन्ने बताइएको छ ।
तिब्बतको राजधानी लासाबाट ९३५ किलोमिटर दूरीमा रहेको लिजी बन्दरगाह सिगात्से प्रान्तको झोङ्बा काउन्टीमा अवस्थित छ । यस्तै, लिजी बन्दरगाह काठमाडौँबाट ४९९ किलोमिटरको दूरीमा छ ।
यो नेपालतर्फको माथिल्लो मुस्ताङ नजिकको कोरला नाका नजिकै पर्छ । यो नाकाबाट नेपाली र तिब्बतीबिच खाद्यान्न, नुन र भेडा–च्याङ्ग्राको व्यापार हुँदै आएको छ ।
यो नाका जोड्नेगरी नेपालतर्फको सडकमार्ग यसअघि नै सम्पन्न भइसकेको छ । र, यो नेपाल–चीन जोड्ने चौथो व्यापारिक नाकाका रूपमा छ । नेपाल र चीनबीच १४ सय किलोमिटर सीमा जोडिन्छ ।
जसमध्ये तातोपानी र रसुवागढी गरी दुई व्यापारिक नाका मुख्य रूपमा सञ्चालनमा छन् । यसबाहेक, रियुु–ओलाङचुङ्गोला नाका समेत व्यापारिक मार्गमा प्रयोग गर्ने गरी सन् २०१२ मा दुईपक्षीय सम्झौता भएको थियो ।
प्रतिकृया दिनुहोस्