January 26, 2025, Sunday
१३ माघ २०८१, आईतवार

अर्थमन्त्रालयद्वारा मातहत मन्त्रालयका १४ शीर्षकको बजेट कटौति

अर्थमन्त्रालयद्वारा मातहत मन्त्रालयका १४ शीर्षकको बजेट कटौति

चैत २१, काठमाडौं ।
अर्थमन्त्रालयले विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को कारण नेपाल प्रभावित भइ देशभर विषम परिस्थिति उत्पन्न भएकोले बिभिन्न शीर्षकमा छुट्याइएको रकम खर्च नगर्न मातहतका मन्त्रालयललाई निर्देशन दिएको छ ।
अर्थमन्त्रालयले बिहीबार मातहतका मन्त्रालयलाई पत्र पठाउँदै यस्तो तालिम गोष्ठी लगायत १४ शीर्षकमा छुट्याइएको रकम खर्च नगर्न मातहतका मन्त्रालयललाई निर्देशन दिएको हो ।
कोरोना भाइरसबाट आर्थिक गतिविधी प्रभावित भएकाले राजश्व संकलनमा समेत असर परेकोले बजेट रोक्का गर्नु परेको प्रष्ट पारेको छ । विनियोजन ऐन २०७६ बमोजिम चालु आर्थिक वर्षको बजेटमा समावेश गरिएका कतिपय कायक्रम हाललाई स्थगित गरी विभिन्न निकायहरुमा विनियोजित बजेटलाई आवश्यकता अनुसार कोरोना भाइरस रोकथाम, नियन्त्रणलगायतका प्राथमिकता प्राप्त अन्य क्षेत्रमा समेत उपायोग गरी स्रोत व्यवस्थापन गर्नु पर्ने भएकोले गर्दा रकम पुनः तानिएको हो ।
बजेट तत्काल लागु हुने गरी चैत १९ को निर्णयअनुसार रोक्का गरिएको हुँदा सो बमोजिम गर्न अनुरोध गरेको छ ।

अर्थमन्त्रालयले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ को दफा २१ (१) मा रहेको व्यवस्था बमोजिम मन्त्रालय तथा निकायको स्वीकृतको बजेट खर्च नगर्न आग्रह अनुरोध गरेको हो ।
अर्थमन्त्रालय विभिन्न १४ शीर्षकहरु सेवा तथा परार्मश खर्च, कर्मचारी खर्च, कार्यक्रम खर्च, सिप विकास तथा जनचेतना तालिम तथा गोष्ठीसम्बन्धी खर्च, विविध कार्यक्रम खर्च नगर्न भनेको हो ।

Advertisement