January 26, 2025, Sunday
१३ माघ २०८१, आईतवार

बीमा कम्पनीले कोरोना भाइरस सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा २ करोड सहयोग गर्ने

बीमा कम्पनीले कोरोना भाइरस सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा २ करोड सहयोग गर्ने

चैत २१, काठमाण्डौ ।
सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीले कोरोना भाइरस सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा २ करोड सहयोग गर्ने भएको छ । कम्पनीले सङ्घीय सरकारले स्थापना गरेको कोरोना रोकथाम कोषमा रु एक करोड ६५ लाख तथा सातै प्रदेश सरकारले स्थापना गरेको कोषमा रु पाँच लाखका दरले रु ३५ लाख सहयोग गर्ने निर्णय गरेको छ ।
कम्पनीको बिहीबारको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । अहिले सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहले कोरोना भाइरसको रोकथामका लागि काम गरिरहेका छन् ।

Advertisement