May 22, 2022, Sunday
८ जेष्ठ २०७९, आईतवार

चीनद्धारा रसुवागढी नाका खोल्न अस्विकार

चीनद्धारा रसुवागढी नाका खोल्न अस्विकार

चैंत २७, काठमाडौं ।

Advertisement

सरकारले अत्यावश्यक सामग्री आयातका लागि चीनतर्फका नाका खेल्न आग्रह गरेपनि चीनले रसुवागढी नाका खोल्न अस्विकार गरेको छ । चीनतर्फका तातोपानी भन्सार र रसुवा भन्सार खोल्न उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयले चीनलाई पत्राचार गरेको भएपनि चीनले नाका खोल्न अस्विकार गरेको हो ।

Advertisement


सिन्धुपाल्चोकस्थित तातोपानी नाका बुधबार साँझदेखि खुलेपनि रसुवा नाका भने अझै केही समय नखुल्ने भएको हो । नेपालस्थित चिनियाँ दूतावासले पत्र लेखेर रसुवा नाका खोल्न नसकिने लिखित जानकारी गराएको हो । दुई वटा नाका मध्ये हाललाई तातोपानी नाका खोल्न सकिने तर रसुवा नाका खोल्न नसकिने जानकारी चीनले गराएको हो ।


नेपाल सरकारले पठाएको पत्रको जवाफमा चीनले तातोपानी नाकाबाट पनि अत्यावश्यक सामाग्री मात्रै आयात गर्न दिने भएको छ । चीन सरकारले तातोपानी नाकाबाट स्वास्थ्योपचारका लागि अत्यावश्यक वस्तु मात्रै ल्याउन दिने भएको हो ।