May 22, 2022, Sunday
८ जेष्ठ २०७९, आईतवार

तातोपानी नाकाबाट पहिलो लटमा मास्क र सेनिटाइजर भित्रियो

तातोपानी नाकाबाट पहिलो लटमा मास्क र सेनिटाइजर भित्रियो

चैंत २७, सिल्धुपाल्चोक ।
तातोपानी पुनः सञ्चालनमा नाकाबाट पहिलो लटमा मास्क र सेनिटाइजर भित्रिएको छ । विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिमको ‘हेल्थ डेस्क’ राखेर हिजो साँझबाट सञ्चालनमा आएको नाकाबाट पहिलो पल्ट उक्त सामग्री भित्रिएको हो । प्रशासन, भन्सार, जनप्रतिनिधि र सुरक्षाकर्मीको छलफल पछि माघ १० मा बन्द भएको नाका सुरक्षित रूपमा पुनः खोल्दै उत्त सामाग्री नेपाल पठाइएको हो ।
पहिलो पल्ट बिएम डेर्डीका व्यवसायीले खरिद गरेको मास्क र सेनिटाइजर चिनियाँ प्रहरीले आवश्यक परीक्षण गरेर नेपाली चेकपोस्ट ल्याइदिएको भोटेकोसी गाउँपालिकाका प्रमुख राजकुमार पौडेलले जानकारी दिए । उनका अनुसार नेपाल आउँने सामग्री कीटनाशक औषधि छर्केर काठमाडौं पठाइएको हो ।
मितेरी पुलपारि चीनतर्फ पनि विशेष स्वास्थ्य टोली तयारी अवस्थामा राखिएको र त्यहाँ चालकको स्वास्थ्यदेखि सवारीसाधन र तिनमा ल्याइएका सामग्रीको सुरक्षा जाँच गरिन्छ । ७५ सय वटा मास्क र ५ सय सेनिटाइजर हेल्थ डेस्कमा जाँचेर भन्सार कार्यालयको यार्डमा लगिएको थियो । नाका र झिर्पुमा गरी १० बेडको आइसोलेसन र १० बेडको क्वारेन्टाइन कक्ष पनि तयार राखिएको छ ।

Advertisement