May 15, 2025, Thursday
२०८२ जेष्ठ २

पूर्वराजाले दिने भनिएको रकम आज सरकारी कोषमा जम्मा

पूर्वराजाले दिने भनिएको रकम आज सरकारी कोषमा जम्मा

चैंत ३०, काठमाडौं ।
पूर्वराजा ज्ञानेन्द्र शाहले उपलब्ध गराएको २ करोड रुपैयाँ कोरोना रोकथाम, राहत तथा उपचार कोषमा जम्मा गरिएको छ । पूर्वराजा शाहले हिमानी कोषमार्फत प्रधानमन्त्रीले स्थापना गरेको कोषमा २ करोड सहयोग गर्ने घोषणा अनुरुप कोषलाई आइतबार उत्त रकम हस्तान्तरण गरेको हो ।
हिमानी कोषका कर्मचारीमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सचिव महेन्द्र गुरागाईँले उक्त रकम बराबरको चेक बुझेको छन् ।


रकम हस्तान्तरण गर्दै हिमानी कोषले कोभिड १९ महामारीबाट नेपालीलाई बचाउन उक्त रकम सहि सदुपयोग होस् भन्ने हिमानी कोष र पूर्वराजाको चाहना रहेको जानकारी गराएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । उत्त राहत रकम हस्तान्तरणसँगै कोषले आगामी दिनमा कोभिड १९ विरुद्ध नेपालीलाई राहत र सहयोगको कार्य जारी राख्ने जनाएको छ ।

Advertisement