May 15, 2025, Thursday
२०८२ जेष्ठ २

विश्व बजारमा रेमिटेन्स २० प्रतिशतले घट्ने

विश्व बजारमा रेमिटेन्स २० प्रतिशतले घट्ने विश्व बैंकले प्रक्षेपण गरेको छ । कोरोना भाइरस संक्रमण संत्रासका कारण विश्वका अधिकांश स्थानमा गरिएको बन्दाबन्दी तथा यात्रा प्रतिबन्धका कारण इतिहासमै पहिलो पटक रेमिटेन्समा भारी अंकले गिरावट आउने विश्व विश्व बैंकले प्रक्षेपण गरेको हो ।  मध्यम आय भएका राष्ट्रमा ४ खर्ब ४५ अर्ब डलरमा रेमिट्यान्स सिमित हुने विश्व बैंकले जारी गरेको प्रेस विज्ञप्तीमा जनाइएको छ । दक्षिण एशियाली राष्ट्रमा २२ दशमलव १ प्रतिशतले गिरावट आउने छ । त्यस्तै सन् २०२१ मा ५ दशमलव ६ प्रतिशतले बढेर ४ खर्ब ७० अर्ब सम्म पुग्ने विश्व बैंकको प्रक्षेपण छ । 

Advertisement