June 15, 2024, Saturday
१ असार २०८१, शनिबार

सेयर बजार नेप्से १० अंकले गिरावट, कारोवार रकम भने वृद्धि

सेयर बजार नेप्से १० अंकले गिरावट, कारोवार रकम भने वृद्धि

साताको पहिलो कारोवार दिन  सेयर बजारको परिसूचक नेप्से १०.५ अंकले घटेर २०८५ अंकमा कायम भएको छ । नेप्से परिसूचक घट्दा कारोवार रकम भने ४ अर्ब ८ करोड नाघेको छ । अघिल्लो दिन ३ अर्ब २१ करोडको मात्रै कारोवार भएको थियो ।

Advertisement

आज ९१ कम्पनीको मूल्य बढ्दा १४८ को घट्यो भने ८ को स्थिर रह्यो । विकास बैंक र हाइड्रोपावर समूह मात्रै बढे । विकास बैंक ३.७७, हाइड्रोपावर ६ अंक बढे ।

Advertisement

कारोवार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, हिमालयन डिस्टिलरी, एनआईसी एसिया बैंक र हाथवे इन्भेस्टमेन्ट कम्पनी क्रमशः अगाडि रहे ।

यसैगरी, उत्पादन समूह सबैभन्दा धेरै २.८८ प्रतिशत घट्यो । बैंकिङ ९, फाइनान्स ९, होटल तथा पर्यटन ८८, जीवन बीमा ३०, उत्पादन १६८, माइक्रोफाइनान्स १६, निर्जीवन बीमा ४२, ब्यापार ४४ र अन्य समूह ०.४१ अंक घटे ।

यस्तै, समाज लघुवित्त र कुथेली बुकरी स्मल हाइड्रोपावरको १० प्रतिशत बढ्यो । त्रिशूली जलविद्युत् ६.७, दोर्दीजलविद्युतको ५ र मायाखोला हाइड्रोपावरको ४.९ प्रतिशत मूल्य बढ्यो ।
साथै, युनिलिभरको मूल्य सबैभन्दा धेरै ७.१४ प्रतिशत घट्यो । गुराँस लघुवित्तको ७.१३, किसान लघुवित्तको ४.४, एनआईसी एसिया बैंकको ४.१ प्रतिशत मूल्य घट्यो ।