May 22, 2022, Sunday
८ जेष्ठ २०७९, आईतवार

वीरगञ्जको मनकामना पाइप उद्योगमा आगलागी हुँदा सामानहरु जलेर नष्ट

वीरगञ्जको मनकामना पाइप उद्योगमा आगलागी हुँदा सामानहरु जलेर नष्ट

बैशाख, १५ काठमाडौं ।
वीरगञ्जमा रहेको एकपाइप उद्योगमा सोमबार दिउँसो आगलागी भएको छ । वीरगञ्ज महानगरपालिका वडा–१३ तेजारथ टोलमा रहेको मनकामना पाइप उद्योगमा आगो लागेको छ । दिउँसो अचानक भएको आगलागीमा उद्योगमा रहेको सामानहरु जलेर नष्ट भएको पर्सा प्रहरीले जनाएको छ ।
पाईप उद्योगमा दिउँसो सवा एक बजेतिर आगलागी भएको तर समय मै वीरगञ्ज बरुण यन्त्रलाई खबर गरिएपछि आगो फैलिनबाट रोकेको प्रहरीले जनाएको हो । उद्योगमा कसरी आगो लाग्यो भन्ने खुल्न नसकेको तथा आगलागीमा भएको क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको पर्सा प्रहरीले जनाएको ।

Advertisement