May 12, 2024, Sunday
३० बैशाख २०८१, आईतवार

‘लगानी सम्मेलन सफल बनाउन निर्माण क्षेत्रलाई चलायमान बनाऔँ’

‘लगानी सम्मेलन सफल बनाउन निर्माण क्षेत्रलाई चलायमान बनाऔँ’

निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले लगानी सम्मेलन सफल बनाउन निर्माण क्षेत्रलाई चलायमान बनाउन आवश्यक रहेको बताएका छन् । उनले लगानी सम्मेलनमार्फत लगानी आउने क्षेत्रमा सबैभन्दा लाभ लिने निर्माण उद्योग चलायमान बनाउन आवश्यक रहेको बताएका हुन् ।

Advertisement

सिंहले लगानीको लाभ लिने निर्माण उद्योगमा नै निराशा छाएको अवस्थामा लगानी सम्मेलन सफल हुन नसक्ने बताए । उनले लगानी सम्मेलन सफल बनाउनको लागि निर्माण उद्योगका समस्या सरकारले तत्काल समाधान गर्नुपर्ने सुझाव दिए ।

Advertisement

निर्माण व्यवसायीको हारेको मनोबलले लगानी सम्मेलनको महत्व सफल नहुने अध्यक्ष सिंहको भनाइ छ । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले निर्माण उद्योग समस्याग्रस्त र भौतिक पूर्वाधारको काम गर्ने वातावरण नबनेको अवस्थामा सरकारले गर्ने लगानी सम्मेलन सफल हुन नसक्ने दाबी गरे ।

अध्यक्ष सिंहले निर्माण क्षेत्र चलायमान नभएको अवस्थामा नेपालमा लगानीकर्ता आकर्षित हुन नसक्ने बताए । उनले नेपालमा भइरहेको लगानी सुरक्षित नभएर निर्माण व्यवसायी समाप्त भइरहेको अवस्थामा विदेशी लगानीकर्ताले लगानी सम्मेलनमा आएका लगानीकर्तालाई विश्वास दिलाउन सक्ने अवस्था नभएको दाबी गरे ।

उनले सरकारले लगानी सम्मेलनमा विदेशी लगानीकर्तालाई प्रस्तुत गर्ने परियोजना नै नभएको बताए । अध्यक्ष सिंहले नेपालमा हरेक वर्ष भएका लगानी सम्मेलनको उपलब्धि शून्य रहेको भन्दै लगानी सम्मेलनबाट थप ऊर्जा आउने अनुभूति गर्नसक्ने अवस्था नभएको बताए । उनले २५ लाखलाई रोजगारी दिएर ८ खर्बको कारोबार गर्ने निर्माण उद्योगको नै मनोबल कमजोर अवस्थामा रहेको जिकिर गरे ।

सिंहले लगानी गर्ने लगानीकर्ता आए पनि लगानीकर्तालाई प्रोत्साहन र आकर्षण गर्ने वातावरण बनि नसकेको बताए । उनले नेपालमा ऐन, कानुन र नियम लगानी योग्य बनाउन आवश्यक रहेको बताए । विश्वमा सफल भएका निर्माण कम्पनी नेपालमा आएर असफल भएको भन्दै यो विषयमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिए ।