April 24, 2024, Wednesday
१२ बैशाख २०८१, बुधबार

वाणिज्य बैंकहरुको नाफा ३५ अर्ब ४९ करोड माथि

वाणिज्य बैंकहरुको नाफा ३५ अर्ब ४९ करोड माथि

वाणिज्य बैंकहरुले कुल ३५ अर्ब ४९ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । यो चालु आर्थिक वर्ष २०८०–८१ को ७ महिना अर्थात माघ मसान्तसम्म २० वटा वाणिज्य बैंकहरुले कमाएको नाफा हो ।

Advertisement

सञ्चालनमा रहेका २० वटा बैंकहरुमध्ये नाफामा नबिल बैंकले धेरै नाफा आर्जन गरेको छ । नबिल बैंकले यस अवधिमा ३ अर्ब ९८ करोड ६५ लाख रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ । त्यसैगरी, राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ६८ करोड ३० लाख रुपैयाँ नाफा कमाउँदै दोस्रो स्थानमा र तेस्रो स्थानको ग्लोबल आइएमई बैंकले २ अर्ब ६८ करोड २९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

Advertisement

त्यसैगरी चौथो स्थान ओगटेको प्राइम कमर्सियल बैंकले २ अर्ब ५४ करोड ६९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । नाफामा प्राइमले आफ्नो स्थानमा सुधार गरेको छ । यस अवधिमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २ अर्ब ३८ करोड रुपैयाँ र एनआईसी एशिया बैंकको २ अर्ब १४ करोड ३० लाख रुपैयाँ नाफा रहेको छ । चालु आवको ७ महीनामा ६ ओटा वाणिज्य बैंकले २ अर्ब रुपैयाँभन्दा धेरै नाफा आर्जन गरेका हुन् ।

यस्तै, नाफाको सातौं सूचीमा रहेको एभरेष्ट बैंकले सात महिनामा १ अर्ब ९८ करोड ९९ लाख रुपैयाँ नाफा कमाएको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ अर्ब ९४ करोड १७ लाख रुपैयाँ, हिमालयन बैंकले १ अर्ब ८३ करोड ७४ लाख, एनएमबि बैंकले १ अर्ब ६५ करोड ९७ लाख र कृषि विकास बैंकले १ अर्ब ५७ करोड ३३ लाख रुपैयाँ नाफा कमाएको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ ।

समीक्षा अवधिको ७ महीनामा सिद्धार्थ बैंकले १ अर्ब ४१ करोड ८३ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकले १ अर्ब ४० करोड ८७ लाख, सानिमा बैंकले १ अर्ब ४० करोड १२ लाख, कुमारीले १ अर्ब १२ करोड १९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

सात महीनामा पाँच ओटा वाणिज्य बैंकको नाफा एक अर्बभन्दा कम छ । यस अवधिमा सिटिजन बैंकले ९९ करोड ७८ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले ९८ करोड ४ लाख, नेपाल बैंकले ९५ करोड ९१ लाख र नेपाल एसबिआई बैंकले ८५ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।